भद्रपुरमा गिरिजाप्रसाद कोइराला सभागृहको निर्मणाधिन भवन अघि बढाउने प्रम. ओलीको प्रतिबद्धता

IMG-20250327-WA0275

भद्रपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका-८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार नेपाली काङ्ग्रेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले अलपत्र रहेको निर्माण कार्यलाई अघि बढाउन नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुुझाव दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement