खरसाङको मन्टिभियट गुम्बामा चार दिवसीय पूजा शुरु

IMG-20250327-WA0271

खरसाङ: खरसाङको मन्टिभियट रोडमा रहेको तामाङ बुध्दिष्ट एसोसिएसन, टाँसी साम्तेनलिङ गुम्बामा गुरु समता संघ खरसाङको आयोजनामा चार दिवसीय पूजा सम्पन्न भएको छ। उक्त चार दिवसीय पूजा आजदेखि शुरु भएर आगामी ३० मार्चसम्म चल्ने भएको छ। यस पूजाको उदघाटन आज गरिएको छ जसमा ठोईमा पूजा सम्पन्न भएको छ। यस पूजा अन्तर्गत विश्वभरिका प्राणीहरुको सुख शान्तिका लागि साथै दु:ख निवारणका लागि र समस्या समाधानको ‌लागि पूजा गरिएको जानकारी प्राप्त भएको छ।

त्यसरी नै दोस्रो दिन घ्यासु पूजा गरिने जसमा गाई वर्ग, चरा वर्ग, सुंगुर वर्ग आदिको पूजा गरिने भएको छ। त्यसरी नै पर्सीको दिन घर गृहस्थीको पूजा अर्चना गरेर आय स्रोतको लागि पूजा गरिने भएको छ।‌ त्यसरी नै पूजाको अन्तिम दिन ३० मार्चमा समापन गरिने र उक्त दिन कालेबुङको दुर्बीन गुम्बाबाट लामा सीङडुप टुल्कु रिम्पोर्छे आएर आयुको पूजा गरिने जानकारी प्राप्त भएको छ।

यस चार दिवसीय पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गुम्बाको प्रमुख सल्लाहकार लामा फुन्चुक पाख्रिनले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement