८१ वर्षपछि खरसाङ रेलवे स्टेशनमा डीएचआर टर्न टेबलको उदघाटन

IMG-20250327-WA0268

खरसाङ: एनएफ रेलवेको डीआरएम (कटिहार), सुरेन्द्र कुमारले आज खरसाङ रेलवे स्टेशनमा डीएचआर टर्न टेबलको उद्घाटन गरेका छन्। यो टर्न टेबल विगत ८१ वर्षदेखि बन्द रहेको थियो। पहिले यो टर्न टेबलमार्फत् डीएचआरको रेल कोच र लोकोहरू ३६० डिग्री घुमाइन्थ्यो। यो कदम रेलवेको सम्पदा पूर्वाधारको संरक्षण अन्तर्गत लिइएको हो।

८१ वर्षपछि यसलाई पुनर्निर्माण वा पुनर्स्थापित गरिएको छ, जबकि यसको अन्तिम सञ्चालन १९४३ सालमा भएको थियो। उक्त टर्न टेबलको उदघाटन कार्य खरसाङको शेर्पा गुम्बाबाट लामा आएर‌ मन्त्रोच्चारण गरेर साथै नरिवल फुटाएर उदघाटन गरिएको थियो।‌

यस उदघाटन कार्यक्रममा डीआरएम सुरेन्द्र कुमार, एडीआरएम अजय सिंह, डीएन सतीश ज्योति, डीईए रामनिवास सैनी, डीएचआरको निर्देशक रिशप चौधरी लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ यसको साथै यस अवसरमा एनएफ रेलवे इम्प्लोयज युनियन खरसाङ शाखा सचिव विशाल मुखिया र शाखा सभापति डिमु लेप्चाको अगुवाईमा एक युनियन टोलीले पनि डीएमआरलाई भेट गरी स्वागत र स्मारक पत्र पेश गरेका थिए। यस टर्न टेबलको उदघाटन गरेपछि डीआरएम सुरेन्द्र कुमारले भने,
ब्रिटिसहरूले खेलौना रेलको लागि धेरै चीजहरू निर्माण गरेका थिए जुन निष्क्रिय छन् र अब हामी यसलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका छौं। हामी पुरानो ट्र्याकहरूको मर्मत र रेलवेको सम्पदाको संरक्षणको काम पनि गरिरहेका छौं।’
उनले अझ भने, ‘यो एक सम्पदा हो र हामीले यसलाई संरक्षण गर्नुपर्छ।’


उनले पर्यटकीय सिजन आउँदै गर्दा केही थप सवारीहरू थपिने पनि बताएका छन्।
रेलको कोच वा इञ्जिन घुमाउन यो टर्न टेबलको प्रयोग गरिन्छ। दार्जिलिङ रेलवे स्टेशनमा यस्तै प्रकारको टर्न टेबल लामो समयदेखि बन्द अवस्थामा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement