मियामी ओपनमा स्वियातेकलाई पराजित गरी सेमिफाइनलमा पुगिन् एलेक्जेण्ड्रा इयाला

IMG-20250327-WA0253

नयाँ दिल्ली: फिलीपीन्सकी १९ वर्षीय वाइल्डकार्ड एलेक्जेण्ड्रा इयालाले मियामी ओपन टेनिस टुर्नामेण्टमा ठूलो उलटफेर गर्दै विश्वकी दोस्रो नम्बरकी खेलाड़ी इगा स्वियातेकलाई ६-२, ७-५-ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरिन्। विश्व ऱ्याङकिंगमा १४०औं नम्बरमा रहने इयाला डब्ल्यूटीए १००० टुर्नामेण्टको सेमिफाइनलमा पुग्ने आफ्नो देशकी पहिलो महिला खेलाड़ी हुन्। उनले पोल्याण्डकी स्वियातेककी खराब फर्मको फाइदा उठाउँदै दोस्रो सेटमा ४-२-ले पछाड़िएपछि असाधारण पुनरागमन गरिन्। म्याच जितेपठि इयालाले भनिन्, म विश्वास गर्न नै सकिरहेकी छुइनँ। मियामीमा सेमिफाइनलसम्म पुग्ने यात्रामा ग्राण्ड स्ल्याम जितिसकेकी ३ जना खेलाड़ीलाई पराजित गर्ने इयालाले भनिन्, दिग्गज खेलाड़ीहरूसँग प्रतिस्पर्धा गर्ने सक्षम हुँदा म धेरै खुशी र धन्य छु। म आफ्नो शट्समाथि भरोसा गरिरहेकी थिएँ अनि सफलताको निम्ति अघि बढ़ाउने मसँग असल टीम रहेको छ। इयाला १३ सालको उमेरमा मालोर्कामा रफायल नडालको एकाडमी सामेल हुन स्पेन गएकी थिइन्। उनले त्यहाँ नडालका काका र पूर्व प्रशिक्षक टोनी नडालबाट टेनिसको प्रशिक्षण हासिल गरेकी थिइन्। इयालाले भनिन्, उनीहरू सबै यहाँ मेरो म्याच हेर्न आएका छन्। यसले उनीहरू अनि एकाडमीलाई मेरो क्षमतामाथि कतिको भरोसा थियो भन्ने स्पष्ट हुन्छ। सेमिफाइनलमा इयालाको भिड़न्त अमेरिकी खेलाड़ी जेसिका पेगुलासँग हुनेछ। पेगुलाले क्वार्टर फाइनलमा एम्मा राडुकानुलाई पराजित गरिन्। इयालाले भनिन्, यो म्याच मात्र नभएर यसअघिको म्याच पनि कठिन थियो अनि यो लगातार अझ कठिन हुनेछ। यसैकारण आउँदो म्याचहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु।

About Author

Advertisement