डब्ल्यूसीएल-को माध्यमले प्रतिस्पर्धी क्रिकेटमा फर्किन तयार एलिस्टर कुक

IMG-20250327-WA0145

नयाँ दिल्ली: ईंग्ल्याण्डका पूर्व कप्तान तथा दिग्गज क्रिकेटर एलिस्टर कुक २०१८-मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको ७ सालपछि प्रतिस्पर्धी क्रिकेटमा फर्किन तयार छन्। उनी जुलाई २०२५-मा एजबेस्टनमा हुने वर्ल्ड च्याम्पियनशीप अव् लीजेण्ड्स (डब्ल्यूसीएल)-को दोस्रो संस्करणको निम्ति इयोन मोर्गनको कप्तानीमा रहने ईंग्ल्याण्ड च्याम्पियन्स टीममा सामेल हुनेछन्। कुकले २०२३-सम्म एसेक्सको निम्ति काउण्टी क्रिकेट खेल्न जारी राखेका थिए। उनको नाममा १६१ वटा टेस्ट म्याचमा ३३ वटा शतक र ५७ वटा अर्द्धशतकको साथ ४५.३५-को औसतले १२,४७२ रन रहेको छ। कुकको आगमनले टुर्नामेण्टको रोमाञ्च अवश्यै बढ़्नेछ, जहाँँ उनको सामना युवराज सिंह र एबी डीभिलियर्स जस्ता पूर्व दिग्गज खेलाड़ीहरूसँग हुनेछ। ईंग्ल्याण्ड च्याम्पियन्सका कप्तान मोर्गनले कुकको आगमनलाई लिएर उत्साह व्यक्त गरेका छन्। कुकको नाममा ईंग्ल्याण्डको निम्ति सर्वाधिक टेस्ट रन र शतक बनाउने रेकर्ड रहेको छ। यसको साथै कुक सर्वाधिक लगातार टेस्ट म्याच (१५९ वटा) खेल्ने क्रिकेटर पनि हुन्। वर्ल्ड च्याम्पियनशीप अव् लीजेण्ड्स एउटा टी२० क्रिकेट टुर्नामेण्ट हो, जसमा विभिन्न देशका सेवानिवृत्त र गैर-अनुबन्धित क्रिकेटरहरूले हिस्सा लिन्छन्। युवराज सिंहको कप्तानीमा रहने भारतीय टीम पहिलो डब्ल्यूसीएल च्याम्पियन बनेको थियो, जसले १३ जुलाई २०२४-मा एजबेस्टनमा पाकिस्तानलाई ५ विकेटले पराजित गरी खिताब जितेको थियो। टुर्नामेण्टको दोस्रो संस्करण जुलाई २०२५-मा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement