अर्जेण्टिनाई फूटबल टीम यस साल अक्टोबरमा भारत आउने

IMG-20250326-WA0305

नयाँ दिल्ली: भारतीय फूटबलप्रेमीहरूले चाँड़ै लियोनल मेस्सी र अर्जेण्टिनाई फूटबल टीमलाई आफ्नो आँखा अघि खेलिरहेको हेर्न पाउनेछन्। वर्तमान फिफा वर्ल्ड कप विजेता टीम अर्जेण्टिना र स्टार फरवर्ड मेस्सी यस साल अक्टोबरमा केरलमा एउटा प्रदर्शनी म्याच खेल्न भारत आउनेछन्। मेस्सीको १४ सालपछि यो पहिलो भारत यात्रा हुनेछ । गत वर्ष नोभेम्बरमा केरलका खेल मन्त्री भी अब्दुरहीमानले कोच्चीमा दुईवटा प्रदर्शनी म्याच खेल्न अर्जेण्टिनाई टीमले राज्यको यात्रा गर्ने जानकारी दिएका थिए। अर्जेण्टिनाई टीमको आधिकारिक पार्टनरले बुधवार बताएअनुसार, यो म्याच अक्टोबरमा हुनेछ। यसको उद्देश्य भारतमा फूटबल खेललाई प्रोत्साहित गर्नु हो। मेस्सी यसअघि सेप्टेम्बर २०११-मा भारत आएका थिए। उनले त्यस समय कलकत्तामा भेनेजुएलाविरुद्ध वर्ल्ड कपको क्वालीफाईंग राउण्डमा हिस्सा लिएका थिए। अर्जेण्टिनाले सल्ट लेक स्टेडियममा खेलिएको त्यस म्याचमा १-० ले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement