सांसद सुब्बाले गरे रक्षा राज्यमन्त्रीसँग भेट, उठाए एनएच १० सुदृड़ीकरणको माग

IMG-20250326-WA0282

गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले फेरि राष्ट्रिय राज मार्गको सुदृड़ीकरणमाथि केन्द्र सरकारको ध्यान आकर्षण गराएका छन्। आज दिल्लीमा केन्द्रीय रत्क्ष रक्षा राज्यमन्त्री संजय सेठसित भेट गरि उक्त माग दोहोऱ्याएका हुन्। उनले रक्षा मन्त्रालयअन्तर्गत सीमा सड़क संगठनलाई मनसुन अगाडि नै उत्तर सिक्किमसंग जोड़िएका सडक सम्पर्कलाई सुधार गर्ने स्मरण गराएका थिए। विशेष गरी एनएच ३१० ए र सीमावर्ती सडकहरू सुदृढ गर्ने आग्रह पनि गरेका थिए। ४ अक्टोबर २०२३ को राति टिस्टा नदीमा आएको भीषण बाढ पछि सडकहरू खोल्ने प्रयासको प्रशंसा गर्दै सांसद सुब्बाले भारी वर्षा र पैह्रोले फेरि नोक्सान पुऱ्याउन सक्ने चिन्ता व्यक्त गरे। उनले यस क्षेत्रमा नागरिक र सुरक्षा बलहरूको लागि सड़क सम्पर्क सुनिश्चित गर्न ढल विकास, नाली र सडक सामग्रीहरूको आवश्यकतामाथि पनि जोड दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement