गान्तोक: मंगन जिल्ला पञ्चायत कार्यालयमा आज अनुसूचित जाति तथा अनुसूचित जनजाति ऐन, १९८९ माथि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भयो। सामाजिक कल्याण विभागको पहलमा आयोजित कार्यक्रमको उद्देश्य उक्त कानूनको महत्व र स्थानीयहरूमा सचेत गराउनु थियो। कार्यक्रममा नामोक स्वयम ग्राम पञ्चायत यूनिटका जिल्ला अनि वार्ड पञ्चायत सदस्यहरू, महकुमा अधिकारी अभिजित आर पाटिल, अतिरिक्त पुलिस अधिक्षक मणिकुमार तामाङ लगायत अन्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपरोक्त विषयमाथि प्यानल डिस्कसन पनि आयोजना गरिएको थियो। जसमा अधिवक्ता सोनाम फुटी भोटियाले शारीरिक र भावनात्मक दुव्र्यवहार, श्रम, सार्वजनिक सेवा र सुरक्षाको भूमिकामाथि प्रकाश पारिन्। उनले ऐनको उल्लंघन गरेको खण्मा छ महिनादेखि आजीवन कारावाससम्मको सजाय पाउन सक्ने बताइन्। सोही प्रकारले अतिरिक्त पुलिस अधिक्षक मनिकुमार तामाङले पुलिसको भूमिका र दायित्वबारे सम्बोधन गर्दै यस्ता घटनासँग सम्बन्धित विभिन्न कानून र कार्यप्रणाली बारेमा जानकारी गराए। सोही प्रकारले गान्तोक जिल्लाको खाम्दोङ खण्ड प्रशासनिक केन्द्रमा पनि अनुसूचित जाति तथा अनुसूचित जनजाति ऐन, १९८९ माथि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा राब्दाङका महकुमा अधिकारी, खाम्दोङका खण्ड विकास अधिकारी लगायत सामाजिक कल्याण विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत सम्बोधन राख्ने क्रममा वरिष्ठ कल्याण अधिकारीले आजको कार्यक्रमबारे संक्षिप्तरूपमा जानकारी गराउँदै कार्यक्रमको महत्व र यस ऐन अन्तर्गत जनतालाई आफ्नो अधिकार र लाभबारे किन जानकारी गराउनुपर्छ भन्नेबारेमा जानकारी गराइन्। कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारीले यसपछि, ब्लक विकास अधिकारीले अनुसूचित जाति र अनुसूचित जनजाति (अत्याचार रोकथाम) अधिनियम, १९८९ बारेमा स्पष्टरूपमा अवगत गराउँदै यस अधिनियमले कसरी अनुसूचित जाति र अनुसूचित जनजातिहरूको अधिकारको सुरक्षा गर्दछ भन्नेबारेमा प्रकाश पारे। उनले कानूनको नजरमा प्रत्येक व्यक्ति समान रहेको र कुनै पनि व्यक्तिमाथि हुने भेदभावलाई कडाइका कानुनी कारवाही गरिने प्रवाधान रहेको बताए। सोही प्रकारले कानुनी रिटेनरले एसटी, एसटी अधिनियम, १९८९ बारे विस्तृतरूपमा जानकारी गराउँदै उक्त समुदायका मानिसहरूमाथि कुनै प्रकारको अन्या र अत्याचार भएको खण्डमा अपराधीहरूको लागि कानुनी परिणाम भोग्नु पर्ने बताए।उनले पीडितलाई कानुनी सहयोग र सचेतनाको आवश्यकतामाथि जोड दिए। सोही प्रकारले संयुक्त निर्देशकले सीमान्तकृत समुदायहरूको कल्याण सुनिश्चित गर्न सरकारले शुरू गरेको प्रयासहरूमाथि अवगत गराए। एससी, एसटी अधिनियम १९८९ को महत्त्वबारे जानकारी गराउँदै उनले नशा मुक्त अभियान अन्तर्गत लागुपदार्थ दुरुपयोगका मुद्दाबारे पनि सम्बोधन गरे। यसै क्रममा महकुमा अधिकारीले आफ्न सम्बोधनमा भारतदेशमा जातीय भेदभावको तथ्याङ्कमाथि जानकारी गराए। उनले जनतालाई आफ्नो अधिकारबारेमा सचेत हुन र यो ज्ञान अरूलाई पनि साझा गर्न आग्रह गरे। देशको अन्य राज्यहरूको तुलनमा सिक्किममा यस प्रकारको घटनाहरू दुर्लभ रहेको बताए।