रुस-युक्रेन युद्धविराम गर्ने ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित

IMG-20250326-WA0184

काठमाडौं: रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा सैन्य आक्रमण रोक्न सहमत भएको खबर छ। साउदी अरेबियामा दुबै देशका प्रतिनिधिबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको ह्वाइट हाउसलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ।
दुई मुलुक युद्धविराम गर्न सहमत भए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाएका छन्। रुसले युद्ध विराम लागू हुनु पहिले बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध हटाइनु पर्ने बताएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि शंका गरिरहे पनि युद्ध विराम सम्झौताका लागि अन्य विकल्प निकाल्न सकिने सन्दर्भमा पनि छलफल भएको आफ्ना संवाददाता फ्र्याङ्क गार्डनरको हवाला दिँदै बीबीसीले उल्लेख गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement