दार्जिलिङ: दार्जिलिङको लालकोठीमा जीटीए अनि राज्य सरकारको पिडब्ल्युडी अनि पीएचई विभागको बैठक सम्पन्न भएको छ। उक्त बैठकपछि मन्त्री पुलोक रोयले दार्जीलिङ पहाडको मानिसहरूको पिउने पानीको समस्या शीघ्र समाधान गर्न हामी प्रयत्न गरिरहेका छौं। यहाँ पानीको मुहानको समस्या छ भनी बताएका छन्। उनले जल जीवन मिशन परियोजना अन्तर्गत केन्द्रले दिनु पर्ने रकम गत १३ अगस्त २०२४ देखि दिएको छैन। तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यको तर्फबाट मानिसहरूले घर घरमा शुद्ध पानीको सुविधा पाओस् भनेर रू २००० करोड आवन्टन गरेको जानकारी गराएका छन्। मन्त्रीले भने, जीटीएको मुख्य कार्यपाल अनित थापाले सडक निर्माणको योजनाहरू बुझाउनु भएको छ। आगामी दिनहरुमा दार्जीलिङ पहाडमा धेरै सडकहरू निर्माण हुनेछ। ती कार्यलाई तीब्र गति दिइनेछ। यहाँको मानिसहरूले अझ धेरै सुविधा पाउनु सकोस।’