अनित थापाको बाहुलीबाट खरसाङको क्याम्प साइड ग्राम कल्याण समितिको सार्वजनिक भवन उद्घाटन

IMG-20250326-WA0219

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ मा रहेको क्याम्प साइड ग्राम कल्याण समितिको नवनिर्मित सार्वजनिक भवन उद्घाटन आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरियो। क्याम्प साइड ग्राम कल्याण समितिका सभापति मणिकुमार गिरीको सभापतित्वमा सम्पन्न समारोहमा स्वागत सम्बोधन सचिव सुवास प्रधानले राखेका थिए। खरसाङ नगरपालिका पूर्व पार्षद देवकी प्रधानले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यपाल अनित थापाले पहाडमा कामभन्दा धेर दोष दिने नेताहरू रहेको जनाउँदै अब हामीले यस्ता दोष दिने संस्कृतिलाई रोक्नुपर्ने बताए। उनले दोष दिएर कसैको पनि भलाइ नहुने बताउँदै कसैको व्यवहारलाई हेरेर होइन तर विकासलाई हेरेर जनताले भोट दिने जनाए।

उनले हामीले हाम्रो काम अनि नाम सबै गुमाइसकेको उल्लेख गर्दै सबैलाई परिश्रम गर्न नछोड्ने आग्रह गरे। यसै अवसरमा यस भवन निर्माणको निम्ति गरेको सहयोगको कारण अनित थापालाई समाजको तर्फबाट सम्बर्द्धना जनाइयो भने उनलाई प्रदान गरिएको सम्बर्द्धना पत्र पूर्व सचिव निर्मल गुरूङले पठन गरे। त्यसबाहेक समाजमा विविध सेवा र योगदान पुऱ्याए वापत् समाजका एघारजना महिलाहरूलाई पनि सम्मान जनाइयो। समारोहमा अन्य विशिष्ट अतिथिको रूपमा सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ,भागोप्रमो संगठनिक सचिव लाक्पा दोर्जे तामाङ लगायत अन्यहरू उपस्थित थिए।

कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सचिव सुवास प्रधानले यस भवन निर्माण गर्न जीटीए मुख्य कार्यपाल अनित थापा लगायत अन्यहरूले धेरै सहयोग पुऱ्याएको उल्लेख गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement