अब हामी मिशन पञ्चायतपट्टि लाग्नुपर्छ: अनित थापा

IMG-20220909-WA0141.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा आयोजना गरिएको स्थापना दिवसलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले हामीले आफ्नो सोच अनि विचार आफ्नै पार्टीबाट सुरु गर्नुपर्छ भन्ने सोचले नै नयाँ पार्टीको गठन गरौं भन्दै पार्टीलाई अभिभावकको खाँचो छ भन्ने हाम्रो प्रथम सोचलाई मुर्तता दिँदै हामीमाझ अमर राई, अमर लामा, विजय राई, दुर्गा खरेल मुनिन्द्र सर आदि छन् र यस्तै अभिभावकको दिशा निर्देशमा बीजीपिएम आज बढेर गएको छ भनी बताएका छन्। उनले भने- ‘जति संघर्ष हामीले गर्यौ त्यति नै संघर्ष हाम्रा कार्यकर्ताहरुले गरेका छन्। तर हाम्रो संघर्ष अझ जारी छ। पार्टीको कार्यकर्ताहरूले नै जीटीएमा सभासदको चौकीमा लगेको छ, त्यसैले दिनरात पार्टी कार्यकर्ताहरूको लागि सभासदहरूले समय दिएको हुनुपर्छ।’
थापाले भने- डा हर्कबहादुर छेत्री मेरो राजनैतिक गुरु हुन्। म उनलाई बीजीपिएमको अभिभावकको रूपमा हेर्नु चाहन्छु। अव्यवस्थित पहाडलाई व्यवस्थित पहाड बनाउन डा हर्क बहादुर सरको खाँचो छ।’
पार्टी अध्यक्ष अनित थापाले बीजीपीएम पार्टीले हाम्रो सन्तानलाई अनि अरूलाई कहिले गाली गर्ने छैन भन्दै यो हाम्रो धर्म हुनेछ र गालीको राजनीति हामी गर्ने छैनौं भनी बताएका छन्।

थापाले अघि भने, चुनावको समय पञ्चायती व्यवस्था फर्काएर ल्याउनेछौं भनेका थियौं। अहिले दुई स्तरीय भए पनि पञ्चायत चुनाव हुनेछ र यसमा हामी भाग लिनेछौं। बीजीपिएमको सोचलाई माया गर्नुहुन्छ भने भोलिदेखि हरेकको घरको धुरीमा पार्टीको झण्डा फराएको हुनुपर्छ।’
अनित थापाले आफ्नो सम्बोधनमा अब हामी मिशन पञ्चायतपट्टि लाग्नुपर्छ भनी बताउँदै आफ्नो गाउँ आफै सुधार गरौंको सन्देश घर घरमा पुरयाउनेछौं भनी बताएका छन्।
थापाले हामीले खटेर जीटीएमा छौं र अब सरकारको पालो हो पहाडलाई सरकारले के गर्छ र के दिन्छ, हामीलाई पहाडले हेरिरहेको छ र पहाडमा सुव्यवस्था स्थापना गर्नुपर्छ भनी बताएका छन्। उनले अब चाढ़ै अभिभावकहरुलाई लिएर सल्लाहकार समिति गठन गरिनेछ भनी बताएका छन्।

About Author

Advertisement