तीनधारेमा दुई दिवसीय मौरी पालनलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20250326-WA0216

खरसाङ: पश्चिम बंगाल खादी एवं ग्रामोद्योग बोर्ड एमएसएमई अनि टी विभाग अन्तर्गत आई भी मल्टीप्रपोज कोऑपरेटिभ सोसाइटीको सहयोगमा आयोजित दुई दिने मौरी पालन विषयमा जागरूकतासहित प्रशिक्षण सम्पन्न भएको छ। उक्त मौरी पालन सम्बन्धि बक्स अनि उपकरण वितरण कार्यक्रम तीनधारेको बीस माइलस्थित स्मृति वनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा तीनधारे महानदी समष्टिका सभासद नवराज क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा पश्चिम बंगाल खादी एवं ग्रामोद्योग बोर्डका जिल्ला अधिकारी राजेस बौरी,आईभी मल्टीपरपोज कोऑपरेटिभ सोसाइटीका अध्यक्ष स्वप्नदीप थापा, सल्लाहकार प्रज्वल प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राई पनि उपस्थित रहेका थिए। सिल्भेष्टर लेप्चाद्वारा सञ्चालित दुई दिने कार्यक्रममा सिनियर एपीकल्चर इन्सट्रक्टर पीडी लामाले मौरी पालन सम्बन्धि लिखित र व्यवहारिक प्रशिक्षण दिएका थिए। कार्यक्रममा १०० जनाभन्दा अधिक मौरी पालकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा सोसाइटीको कार्य सराहनीय रहेको साथै प्रशिक्षण कार्यक्रममा उपस्थित सबैलाई आफुले कृषकहरु नभनेको तर उनीहरु सबै समाज सचेतकहरु हुन् अनि समाजमा चिन्तन गर्ने व्यक्तिहरु हुन् भनी बताएका छन्। उनले सबैजना समाजको उन्नतिको लागि सोच्ने सामाजिक सचेतकहरु हुन् भनी बताएका छन्। कार्यक्रममा आईभी मल्टीपरपोज को-ओपरेटिभ सोसाइटीका अध्यक्ष स्वप्नदीप थापाले मौरी पालन केवल मौरी पालन मात्र नभएर दिगो कृषिको लागि पनि हो भनी बताएका छन्। उनले सोसाइटीको आयोजनामा यो दोस्रोपटकको मौरी पालन प्रशिक्षण कार्यक्रम रहेको जानकारी गराउँदै सोसाइटीले युवाहरुलाई स्वनिर्भर र रोजगार प्रदान गर्नलाई विभिन्न कार्यहरु गरिरहेको र यस अन्तर्गत तीनधारेमा बेकरी पनि शुरु गरिएको जानकारी गराएका छन्‌‌।‌ यस मौरी पालन प्रशिक्षण कार्यक्रममा मौरी पालन र महको विभिन्न प्रकारहरु विषयमा जानकारी पनि गराइएको थियो।


अन्तिम दिनको कार्यक्रममा मौरी पालन विशेषज्ञ पीडी लामाले व्यवहारिक रूपमा प्रशिक्षण दिएका थिए भने मौरी पालकहरूलाई मौरी सम्बन्धि बक्स अनि उपकरणहरू वितरण गरियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पश्चिम बंगाल खादी एवं ग्रामोद्योग बोर्डका जिल्ला अधिकारी राजेस बौरीले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले तीनधारेमा आयोजित मौरी पालन प्रशिक्षण कार्यक्रममा विभिन्न गाउँहरुबाट १०० जनाले भाग लिएको र मौरी पालकहरुलाई मौरी पालनको लागि मौरीको बक्सहरु पनि वितरण गरिएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement