परिस्थितिहरूसँग द्रुत तालमेल मिलाउनु फाइदाजनक साबित भएको श्रेयस अय्यरको दावी

IMG-20250326-WA0161

अहमदाबाद: पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यरले बताएअनुसार, एउटा नयाँ फ्रेञ्चाइजीको कप्तानको रूपमा आफ्नो पदार्पण म्याचमै अविजित ९७ रन बनाउनु सुनमा सुगन्ध जस्तो रह्यो कारण उनको टीम आईपीएलको हाई स्कोरिंग म्याचमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्न सफल रह्यो। मंगलवार राति खेलिएको म्याचमा कप्तान श्रेयसले ९ वटा छक्का र ५ वटा चौकाको सहायताले केवल ४२ बलमा अविजित ९७ रन बनाए। यसैको फलस्वरूप उनको टीमले २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल स्कोर बनायो। जवाफमा गुजरात टाइटन्सले ५ विकेटमा २३२ रन मात्र बनाउन सक्यो। म्याच जितेपछि श्रेयसले भने, ईमानदारीपूर्वक भन्नु पर्दा म धेरै खुशी छु। पहिलो म्याचमै ९७ रन (अविजित) बनाउनु सुनमा सुगन्ध जस्तो हुन्छ। यसभन्दा राम्रो अनुभव अरू केही हुन सक्दैन। मेरो निम्ति जिम्मेवारी लिएर परिस्थितिहरूसँग द्रुत तालमेल मिलाउनु महत्त्वपूर्ण थियो। पहिलो बलमै चौका लगाएपछि मेरो मनोबल बढ़्यो। रबाडाको बलमा छक्का लगाएपछि मेरो लय बद्लियो।
श्रेयसले टीमको निम्ति ब्याटको साथ महत्त्वपूर्ण योगदान दिने शशांक सिंह र प्रियांश आर्यको पनि प्रशंसा गरे। उनले भने, पीचमा सामान्य अतिरिक्त बाउन्स पनि थियो। मेरो विचारमा हामीले चाँड़ै तालमेल मिलायौं। शशांकले १६-१७ बलमा ४४ रन बनाए। मैदानमा शीत पर्ने हामीलाई थाहा थियो। हाम्रो सबै योजना सही तरिकाले कार्यान्वित भयो। श्रेयसले अन्तिम ओभरहरूमा असाधारण बलिंग गर्ने विजयकुमार वैशाख र अर्शदीप सिंहको प्रयासहरूको पनि प्रशंसा गरे। उनले भने, वैशाखसँग धेरै खुबी छ। उनी मैदानमा सकारात्मक रहन्छन्। मेरो विचारमा अर्शदीपले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसबाहेक बल सामान्य रिभर्स स्विंग भइरहेको थियो। यसरी म्याच हारेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिलले उनका बलरहरूले ईनिंग्सको शुरुवात र अन्तमा अधिक रन खर्च गरेको बताए। उनले भने, ब्याट र बल दुवैको साथ हामीलाई मौका प्राप्त भएको थियो। यसबाहेक हामीले ईनिंग्सको अन्तिम हिस्सामा धेरै रन दियौं। यसबाहेक लक्ष्यलाई पीछा गर्दै ३ ओभरमा लगभग १८ रन मात्र बनिँदा म्याच नियन्त्रणबाट बाहिर गयो। यसबाहेक हामीले पहिलो ३ ओभरमा पनि अधिक रन बनाएनौं। यसैकारण हामी पराजित भयौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement