आईसीसी एलीट प्यानलमा दुईजना नयाँ अम्पायर सामेल

IMG-20250325-WA0405

दुबई: दक्षिण अफ्रिकाका अलाउद्दीन पालेकर र ईंग्ल्याण्डका एलेक्स व्हार्फलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले मंगलवार आईसीसी अम्पायरहरूका एलीट प्यानलमा सामेल गऱ्यो। यसमा एकमात्र भारतीयको रूपमा नितिन मेनन रहेका छन्। भारतका जयरामन मदनगोपाललाई एमर्जिंग प्यानलमा पदोन्नति गरिएको छ। मेनन अम्पायरहरूका एलीट प्यानलमा रिचर्ड इलिंगवर्थपछि दोस्रो स्थानमा छन्। पालेकर र व्हार्फले एलीट प्यानलमा माइकल गफ र जोएल विल्सनको स्थान लिनेछन्। ५० वर्षीय मदनगोपाललाई एमर्जिंग प्यानलमा पदोन्नति गरिएको छ। यसले उनलाई विदेशी टेस्ट र एकदिने म्याचहरूमा अम्पायरिंग गर्ने योग्य बनाउँछ। तमिलनाडुका पूर्व खेलाड़ी मदनगोपालले अहिलेसम्म एउटा टेस्ट, २२ वटा वनडे र ४२ वटा टी२० इण्टरनेशनल म्याचमा अम्पायरिंग गरेका छन्। आईसीसी चेयरम्यान जय शाहले दुईजना नयाँ सदस्य पालेकर र व्हार्फलाई शुभकामना दिएका छन्।
एलीट प्यानलका अम्पायरहरू (२०२५-२६) यसप्रकार छन्ः
कुमार धर्मसेना (श्रीलंका), क्रिस्टोफर गाफानी (न्यूजील्याण्ड), एड्रियन होल्डस्टक (दक्षिण अफ्रिका), रिचर्ड इलिंगवर्थ (ईंग्ल्याण्ड), रिचर्ड केटलबरो (ईंग्ल्याण्ड), नितिन मेनन (भारत), रडनी टकर (अष्ट्रेलिया), एलेक्स व्हार्फ (ईंग्ल्याण्ड), उलाउद्दीन पालेकर (दक्षिण अफ्रिका), अहसान रजा (पाकिस्तान), पल राफेल (अष्ट्रेलिया) र शरफुद्दौला इब्ने शाहिद (बंग्लादेश)।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement