रोधीघऱ अखिल सिक्किम तमु बौद्ध संघलाई हस्तान्तरण

IMG-20250325-WA0364

गान्तोक: गुरुङ तमु समुदायको सांस्कृतिक घऱ रोधी भवन उदघाटन गरिएको एक वर्षपछि आज राज्यको सांस्कृतिक विभागले अखिल सिक्किम तमु बौद्ध संघलाई आधिकारिकरूपमा हस्तान्तरण गरेको छ। सिच्छेस्थित रोधी गान्तोक भवनमा सांस्कृतिक विभागका अधिकारी र गुरूङ संघका प्रतिनिधिहरूबीच काजग पत्र हस्तान्तरण गरियो। यस अवसरमा मन्त्री पुरण गुरूङ, संस्थाका अन्तरिम अध्यक्ष अखिल वर्ण गुरूङ, पूर्वमन्त्री जीएम गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुरण गुरूङले यस भवन सञ्चालनको निम्ति राज्यका छ वटा जिल्लाबाट प्रतिनिधिहरूलाई लिएर एक समिति गठन गरिनु पर्ने र उक्त समितिमा गुरूङ समुदायका अर्को संस्थाका प्रतिनिधिहरूलाई पनि समावेश गराउनु पर्ने सुझाउ दिए। यो भवनलाई भाडामा नदिएर गुरूङ समुदायका प्रतिनिधिहरूले नै सञ्चालन गर्नुपर्ने विषयमाथि जोड दिए। समितिमा युवा साथै अनुभवी व्यक्तिहरूलाई संलग्न गराउनु पर्ने जानकारी गराए। उनले थप जानकारी गराए अनुसार यस भवनको उदघाटन गत वर्षको १२ मार्चको दिन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गरेको र अहिलेसम्म भवनको देखरेख सांस्कृतिक विभागले गर्दै आइरहेको थियो भने अबोप्रान्त यसको हेरचाह गर्ने काम संस्थाको रहेको जानकारी गराए। सोही क्रममा संस्थाका अन्तरिम अध्यक्ष गुरूङले यस भवनलाई कसरी सञ्चालन गर्नुपर्ने हो त्यसबारेमा विस्तृत जानकारी गराउँदै अब राज्यका सबै गुरूङ समुदायहरूलाई लिएर एक सभाको आयोजना गरिनुपर्ने आवश्यकता रहेको उनले कार्यक्रममा बताए। एक वर्षदेखि आफू एक अन्तरिम अध्यक्षको पदभार सम्हाल्दै आइरहेको र अब शिघ्र चुनाउ गराएर स्थायी समिति गठन गरिनुपर्ने पनि उनले सुझाउ दिए। यस भवन निर्माणको निम्ति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले ठूलो सहयोग पुऱ्याएकोमा उनले संस्थाको तर्फबाट मुख्यमन्त्रीलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्। उल्लेखनीय छ, पाँच करोड २९ लाखमा निर्माण गरिएको यस भवनको उदघाटन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गत वर्षको १२ मार्चमा गरेका थिए। तर कतिपय तकनिकी समस्याको कारण सम्वन्धित विभागले संस्थालाई अहिलेसम्म यस भवन आधिकारिकरूपमा हस्तान्तरण गर्न सकेको थिएन्। सात तले यस भवनमा डाइनिङ हल, डोरमेटरी, छोसुम, लक्जरी कोठा, सम्मेलन कक्षा आदि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement