गान्तोक: गान्तोक जिल्लाको जिल्ला शैक्षिक संस्था र प्रशिक्षणको पलमा आज तेस्रो जिल्लास्तरीय नविन शिक्षाशास्त्रमाथि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गऱ्यो। शिक्षक सहभागीहरूलाई आधारभूत साक्षरता र संख्यात्मकताको आधारमा उत्कृष्ट अभ्यासहरू प्रदान गर्न एक मञ्च प्रदान गर्ने उद्देश्य यस कार्यक्रम आयोजना गरिएको हो। उत्कृष्टता केन्द्रकोरूपमा डायट अन्तर्गत विस्तारित भूमिका र जिम्मेवारीहरू मध्ये एकले एफएलएनमा शिक्षकहरूको समावेश गर्ने शैक्षिक स्रोत व्यक्तिहरूको समूह विकास गर्न डायटलाई सुझाव दिएको छ। डायटद्वारा आज एक होटलमा आयोजित कार्यक्रममा गान्तोक जिल्लाका निम्ति एफएलएनमा नवीन शिक्षाशास्त्रमा तेस्रो जिल्ला स्तरीय संगोष्ठीको आयोजना गरेको हो। आज आयोजित संगोष्ठीले नयाँ शिक्षा नीति २०२० मा परिकल्पना गरिए अनुसार शिक्षकहरूको निरन्तर व्यावसायिक विकासको लागि एक मञ्च पनि प्रदान गरेको छ। यस अवसरमा गान्तोक जिल्लाका सह-निर्देशक डा. हन्ना योन्जोन प्रमुख अतिथिको रूपमा उपस्थित रहेकी थिइन्। कार्यक्रममा अध्यक्षको रूपमा डायटका प्रचार्य छिरिङ वाङ्दी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।