मसला बोर्डद्वारा कृषकहरूलाई सामग्री वितरण

IMG-20250325-WA0367

गान्तोक: मसाला बोर्ड अनुसन्धान प्रभागद्वारा आइसीएआर-आइआइएसआर, कोजीकोडको मसलामाथि अखिल भारत समन्वित अनुसन्धान परियोजना अन्तर्गत सङ्खु रधु-खाण्डु एफपीओको सहयोगमा देन्तामको रधु-खाण्डुमा सामग्री वितरण एवं प्रशिक्षण कार्यक्रम आयोजित गरियो। एआइसीआरपीएसको एनईएच कार्यक्रम अन्तर्गत वित्तपोषणको माध्यमद्वारा ३० जना लाभार्थीलाई आदर्श नर्सरी ग्राम कार्यक्रमको विकासका अधीन सामग्री वितरण गरियो। वितरण गरिएका सामग्रीहरूमा स्वस्थ, रोगमुक्त तथा उच्च गुणस्तरीय अलैंचीका बिरुवा उत्पादन गर्न जैविक मल अनि भर्मी कम्पोस्ट उत्पादनका लागि गन्यौला तथा ट्राइकोडर्मा, सिउडोमोनास र नीमको तेल जस्ता जैविक पदार्थ सामेल रहेको थियो। कार्यक्रममा रधु-खाण्डु जीपीयुका सबै सात पञ्चायत सदस्यहरूले भाग लिए। रधु-खाण्डु जीपीयुका पञ्चायत सभापति बिमलकुमार थापा यस अवसरमा मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा उनले कृषकहरूलाई ठूलो अलैंचीको उत्पादन अनि उत्पादनशीलता बढाउन वैज्ञानिकतम दृष्टिकोण अपनाउन अनुरोध गर्दै रधु-खाण्डु जीपीयुमा यस कार्यक्रमको निम्ति मसला बोर्डप्रति आभार व्यक्त गरे। मसला बोर्ड, आइसीआरआइ, आरआरएस, गान्तोकका वैज्ञानिक एवं एआइसीआरपीएसका प्रभारी डा. एसएस बोराले ठूलो अलैंचीको नर्सरी प्रबन्धनबारे प्राविधिक जानकारी साझा गरे। उनले कृषकहरूलाई उत्तम चलन अपनाउन प्रेरित गरे। मसला बोर्डको स्थल कार्यालय, गेजिङका वरिष्ठ स्थल अधिकारी विश्व बी. जोशीले ठूलो अलैंचीका कृषकहरूलाई मसला बोर्डद्वारा प्रदान गरिने विभिन्न योजनाबारे जानकारी दिए। यस अवसरमा भर्मी-कम्पोस्ट उत्पादनबारे प्रशिक्षण पनि प्रदान गरियो। सिक्किम किसान समितिका अध्यक्ष तथा भर्मी कम्पोस्ट उत्पादनका विशेषज्ञ आरएन शर्माले प्रतिभागीहरूलाई प्रशिक्षण प्रदान गरे। सङ्खु रधु-खाण्डु एफपीओका सीईओ एन भट्टराईले एफपीओका गतिविधिका साथै एफपीओको प्रगतिबारे जानकारी साझा गरे। उत्पादक समुदायलाई सहयोगको निम्ति उनले मसला बोर्डप्रति आभार व्यक्त गरे। एसआरके एफपीओका अध्यक्ष केबी बस्नेतद्वारा धन्यवाद ज्ञापनसँगै कार्यक्रमको समापन भएको थियो। (पीआइबी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement