लिङचोम स्कूल परिसरमा सफाई अभियान

IMG-20250325-WA0368

गेजिङ: गेजिङ जिल्लाको मानेबुङ-देन्ताम क्षेत्रअन्तर्गत सर्दोङ-लुङ्जिक ग्राम पञ्चायत एकाइमा पर्ने केरेमथाङ लोटस सोसाइटीको पहलमा लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालय परिसरमा सफाइ अभियान सम्पन्न भएको छ।
सफाइ अभियान सोसाइटीका अध्यक्ष आरबी राई तथा कोषाध्यक्ष धनश्याम शर्माको अगुवाइमा सञ्चालन गरिएको थियो। समाजका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिताका कारण अभियान सफलतापूर्वक सम्पन्न भएको हो। विद्यालय परिसरको सरसफाइसँगै वरपरको वातावरणलाई पनि सफा र हरियाली बनाउन विशेष पहल गरिएको थियो। केरेमथाङ लोटस सोसाइटी सामाजिक कार्यमा अग्रसर हुँदै आएको संस्था हो। यसले विभिन्न क्षेत्रहरूमा सरसफाइ, शिक्षा, स्वास्थ्य, र सामाजिक सचेतनासम्बन्धी कार्य गर्दै आएको छ। यस क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ वातावरणको महत्त्व बुझाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको सोसाइटीका अध्यक्ष आरबिराईले बताए। सफाइ अभियानपछि सहभागीहरूबीच वातावरणीय सचेतनासम्बन्धी छलफल पनि गरिएको थियो।
स्थानीय बासिन्दाहरूले सोसाइटीको पहलको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरेका छन्। केरेमथाङ लोटस सोसाइटीले आगामी दिनमा अन्य सामाजिक तथा विकाससम्बन्धी कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement