शिलंग (मेघालय): एएफसी एशियन कप २०२७ क्वालीफायरको तेस्रो राउण्डअन्तर्गत भारत र बंग्लादेशबीच मंगलवार खेलिएको म्याच गोलरहित ड्र (०-०) रह्यो। शिलंगको जवाहरलाल नेहरु स्टेडियममा खेलिएको म्याच चरम रोमाञ्चक रह्यो तर भारतीय खेलाड़ीहरूले हताशाजनक प्रदर्शनको साथ घरेलु समर्थकहरूलाई निराश गरे। केही दिन अघि मालद्वीपविरुद्ध ३-० ले जीत हासिल गर्ने भारतीय टीम आत्मविश्वासको साथ मैदानमा ओर्लिएको थियो तर म्याचको दुवै हाफमा लगातार मौकाहरू गुमाउँदा मानोलो मार्क्वेजको मार्गदर्शनमा रहने टीमले जीत हासिल गर्न सकेन।

क्वालीफायरको ग्रुप सी-मा भारत र बंग्लादेशको साथमा सिंगापुर र हंगकंग रहेको छ। म्याचमा बंग्लादेशका गोलकीपर मितुल मार्माले केही असाधारण शेभ गरी टोलीलाई गोल खानबाट बचाए। भारत र बंग्लादेशबीच यो पाँचौं भिड़न्त थियो, जसमा भारतले केवल एकपल्ट जीत हासिल गरेको छ। रहल ४ वटा म्याच ड्र रहेको छ।