खरसाङ खण्ड पञ्चायत समिति क्षेत्रमा पनि नेपाली भाषा अनिवार्य रुपमा प्रयोग गरिनु पर्ने सार्वजनिक सूचना जारी

IMG-20240717-WA0003

खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै स्थानहरुमा रहेको साइन बोर्डहरुमा नेपाली भाषामा नै लेख्नु पर्ने सार्वजनिक सूचना जारी गरेका छन्। जीटीएले सबै साइन बोर्डहरुमा नेपाली भाषामा लेख्नु पर्ने भनेर जारी गरेको निर्देशनलाई खरसाङ खण्ड पञ्चायत समितिले साधारण सभा गरेर सहमति जनाउँदै पारित र अनुमोदित निर्णय अनुसार खरसाङ पञ्चायत समिति अन्तर्गत पर्ने स्थानहरुमा नेपाली भाषामा नै लेखिनु पर्ने सार्वजनिक सूचना जारी गरिएको छ। खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने सबै नागरिक र निजी संस्थानहरूलाई सूचित गरिएको छ कि अब सबै साइन बोर्डहरु, होर्डिङ्ग र साइनेजहरुमा अन्य भाषाहरुसँगै नेपाली भाषामा पनि अनिवार्य रुपमा शीर्षमा लेखिनु पर्ने सार्वजनिक सूचना जारी गरिएको जानकारी प्राप्त भएको छ। उक्त निर्देशिका दोकानहरु, कार्यालयहरु, विद्यालयहरु, रेस्टुरेन्टहरु, होटल र होम स्टेहरु, अस्पताल र डिस्पेन्सरी लगायत अन्यहरुमा‌ अनिवार्य रुपमा नेपाली भाषामा लेखिनु पर्ने सार्वजनिक सूचना जारी गरिएको छ। यस पहलको उद्देश्य नेपाली भाषाको प्रचलन, प्रबर्द्धन र संरक्षण सुनिश्चित गर्नु साथै सबै नागरिकहरुको समावेशीता सुनिश्चित गर्नु रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement