सोनादा: ‘कर्म नै हाम्रो मूल उद्देश्य” हो भन्ने मूल मन्त्र लिएर हालै मात्र नव गठित भएका “अजम्बरी वेलफेयर एसोसिएशन” लोवर टुङका सदस्यहरूद्वारा टुङ हिल कार्ट रोडदेखि बेलटार चियाबारी सडक परिसरमा सर-सफाई गरेको छ। यस संगठनले धेरै दिनहरूदेखि कतिपय सामाजिक कार्यहरु गर्दै नै आइरहेका छन् भने आगामी दिनहरूमा पनि अझ यस्ता धेरै सामाजिक कार्यक्रमहरू धारावाहिक रूपमा गरिने संगठनका सभापति अर्जुन लामाले बताएका छन्। यस सर सफाई अभियानमा मुख्य रूपमा सोनु शेर्पा, रिमोद राई, दिपन सिन्चौरी, महिन्द्र सुब्बा, किशन ठकुरी, सागर सुब्बा, तेन्जिङ्ग शेर्पा, केवल लोकसम, सावन छेत्री, गोविन विश्वकर्म, विजय लामा आदिको विशेष उपस्थिति रहेको थियो भनी एसोसिएशनको पक्षमा रिमोद राईले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।