खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको घुम्ती चियाबारी शाखालाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा चानकुमार प्रधानको अध्यक्षतामा र प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भएको छ। सभाको मुख्य विषय पार्टीको सदस्यताको लागि टिकट कटाउने कार्य गरिने साथै गत केही दिन अघि जीटीए प्रमुख अनित थापाद्वारा घुम्ती चियाबारी क्षेत्रको भ्रमण गरिएको र उनको भ्रमण अवधि घुम्ती चियाबारीको पुरानो पैह्रो मरमत्तिको कार्य गरिदिने र सार्वजनिक भवन निर्माणको लागि पनि वचन दिएको जानकारी स्थानीयहरुलाई सभामा गराइएको छ। उक्त सांगठनिक सभालाई शाखाको संयोजक निलेस खवास, सभापति दिपेन तामाङ, बुथ कमिटीको संयोजक श्यामकुमार खवास, जीटीए कर्मचारी संगठन तीनधारे महानदी समष्टिको सचिव मनिषकुमार प्रधान साथै नारी शक्तिको सचिव जुरन आदिले वक्तव्य राखेका थिए।

सभामा भागोप्रमो, नारी शक्ति, युवा शक्ति र भातृ संगठनहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रवीण दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्।