केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट

IMG-20250325-WA0316

ट्राई भिलेज ब्लाटर अनि खरसाङ ट्राफिक गार्ड बिजय

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा भईरहेको स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको चौथो दिन मंगलबार दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेल ट्राई भिलेज ब्लाष्टर र युनाइटेड सिविटारमाझ सम्पन्न भएको छ। यस खेलमा सिविटारले‌ टस जितेर पहिला फिल्डिङ रोजेपछि ट्राई भिलेज ब्लाटरले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा १२५ रन बनाएको थियो। यस टिमको सचेन्द्र छेत्रीले‌ सर्वाधिक २९ रन बनाएका थिए‌। सिविटारको तर्फबाट विकास दासले ४ विकेट लिएका थिए। युनाइटेड सिविटारले १२६ रनको लक्ष्यलाई खेदो गर्दै निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो अनि ट्राई भिलेज ब्लाटर ९ रनले बिजयी बनेको छ। सिविटारको तर्फबाट अनुराग लकान्द्रीले २९ रन र राजीव प्रधानले ३१ रन बनाएका थिए‌। यस खेलमा म्यान अफ् द म्याच ट्राई भिलेज ब्लाटरको तर्फबाट २९ रन र १ विकेट लिने सचेन्द्र छेत्री चयन भएका छन्। दोस्रो खेल खरसाङ ट्राफिक गार्ड र मझुवा ईलेभेनमाझ सम्पन्न भएको थियो। यस खेलमा खरसाङ ट्राफिक गार्डले निर्धारित १५ ओभरमा १४३ रनको लक्ष्य दिएको थियो भने मझुवा ईलेभेनले ९८ रन मात्रै बनाएर अल आउट भएका छन्।

यस खेलमा ५८ रन नट आउट साथै ५ विकेट लिने खरसाङ ट्राफिक गार्डको प्रवेस प्रधान म्यान अफ् द म्याच चयन भएका छन्। यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले मंगलबार दुईवटा खेल सम्पन्न भएको र यस अन्तर्गत पहिलो खेलमा ट्राई भिलेज ब्लाटर अनि दोस्रो खेलमा खरसाङ ट्राफिक गार्ड बिजय बनेको जानकारी गराएका छन्। उनले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा गत २२ मार्चदेखि स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको र यसको फाईनल खेल आगामी ३ अप्रेलमा हुने जानकारी गराएका छन्।

उनले यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका छन् भने यस क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीससहित २१ हजार र उप विजेतालाई ट्रफीससहित ११ हजार रुपियाँ प्रदान गरिने भएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement