दुबई: पाकिस्तानविरुद्ध जारी पाँचवटा टी२० इण्टरनेशनल म्याचको सीरीजमा अजेय बढ़त हासिल गरेपछि आयोजक न्यूजील्याण्डले आउँदो वनडे इण्टरनेशनल सीरीजको निम्ति पनि टीमको घोषणा गऱ्यो, जसमा २ जना अनक्याप्ड खेलाड़ीलाई स्थान दिइएको छ। न्यूजील्याण्डका चयनकर्ताहरूले पाकिस्तानविरुद्ध आउँदो ३ वटा वनडे म्याचको सीरीजको निम्ति टम लाथमलाई कप्तान बनाएका छन्। यसबाहेक सीमित ओभरहरूका नियमित कप्तान मिचेल सेण्टनर टीममा रहनेछैनन्। वनडे सीरीजको निम्ति एकाधिक युवा खेलाड़ीहरूलाई स्थान दिइएको छ। न्यूजील्याण्डको प्रथम श्रेणी सर्किटमा वेलिंग्टन फायरबर्ड्सबाट खेल्ने शीर्ष क्रमका ब्याटर निक केली र देब्रे हातका पेस बलर मुहम्मद अब्बासलाई पहिलोपल्ट राष्ट्रिय टीममा स्थान दिइएको छ। अहिले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा खेलिरहेका रचिन रविन्द्र, डेवोन कन्वे, ग्लेन फिलिप्स र सेण्टनर टीमबाट बाहिर छन्। पाकिस्तानविरुद्ध च्याम्पियन्स ट्रफीको शुरुवाती म्याचमा शतक बनाउने विल यंग, केलीसँग शीर्ष क्रममा सामेल हुनेछन्। मध्यक्रमको जिम्मेवारी डेरिल मिचेल, माइकल ब्रेसवेल र नाथन स्मिथमाथि रहनेछ। पेस आक्रमणमा वि ओ’रुर्के, जेकब डफी, नाथन स्मिथ र बेन सियर्स रहनेछन्। काइल जेमिसनलाई वनडे सीरीजमा विश्राम दिइएको छ। स्पिन आक्रमणमा अलराउण्डर ब्रेसवेलको साथमा २२ वर्षीय अकल्याण्ड एसेसका लेग स्पिनर आदि अशोक सामेल हुनेछन्। न्यूजील्याण्ड र पाकिस्तानबीच पहिलो वनडे म्याच २९ मार्चमा म्याकलीन पार्कमा खेलिनेछ। दोस्रो वनडे २ अप्रेल र तेस्रो वनडे ५ अप्रेलमा हुनेछ।
पाकिस्तानविरुद्ध वनडे सीरीजको निम्ति न्यूजील्याण्डको टीम यसप्रकार छः
टम लाथम (कप्तान), मुहम्मद अब्बास, माइकल ब्रेसवेल, मार्क चापम्यान, आदि अशोक, जेकब डफी, मिच हे, निक केली, डेरिल मिचेल, विल ओ’रुर्के, बेन सीयर्स, नाथन स्मिथ र विल यंग।