धोनी र डुप्लेसी झैं लामो समयसम्म खेल्न जारी राख्ने मार्कस स्टोइनिसको चाहना

IMG-20250325-WA0235

नयाँ दिल्ली: अष्ट्रेलिया र पञ्जाब किंग्सका अलराउण्डर मार्कस स्टोइनिस लामो समयसम्म खेल्न जारी राख्न चाहन्छन्। उनको भनाइअनुसार, महेन्द्र सिंह धोनी र फाफ डुप्लेसी जस्ता ४० वर्षभन्दा अधिकका दिग्गजहरूले यस्तो कसरी गर्नु पर्छ भन्ने अगावै देखाएका छन्। ३५ वर्षीय स्टोइनिस अहिले एउटा प्रारूपमा मात्र खेल्छन्। च्याम्पियन्स ट्रफी अघि वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने उनको फसेलाले क्रिकेट जगतलाई चकित बनाएको थियो। पर्थका यस खेलाड़ीको भनाइअनुसार, उनले धेरै सोचविचारपछि यस्तो फसेला लिएका थिए कारण आफ्नो करियरलाई लामो गर्ने यही एकमात्र तरिका थियो। आफ्नो भविष्यबारे सम्पूर्ण रूपले स्पष्ट भएपछि स्टोइनिस अब आफ्नो पूरा ऊर्जा अष्ट्रेलिया र विश्वभरि हुने टी२० लीगहरूमा लगाउन चाहन्छन्। अहिले उनको प्रमुख लक्ष्य २०२८ लस एञ्जिल्स ओलम्पिकमा खेल्ने रहेको छ, जसमा क्रिकेट खेल खेलिनेछ।
के उनी आफ्नो फसेलासँग सन्तुष्ट छन् भन्ने प्रश्नको जवाफमा स्टोइनिसले भने, अवश्यै सन्तुष्ट छु। म अहिले पनि अष्ट्रेलियाको निम्ति टी२० इण्टरनेशनल क्रिकेट खेल्न उपलब्ध छु। मैले केवल वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएको छु कारण वनडे वर्ल्ड कप (२०२७) निक्कै टाढ़ो रहेको छ। म एकजना प्रतिस्पर्धी हूँ अनि जतिसक्दो लामो समयसम्म खेल्न चाहन्छु। यस फसेलाको साथ आफ्नो क्यालेण्डरमा अधिक समयसम्म खेल्न सक्ने आशा गरेको छु। लगभग एक दशकपछि पञ्जाब किंग्समा फर्किने अलराउण्डरले भने, टी२० मेरो कमाई गर्ने माध्यम हो। यसैमा मेरो कौशलको सबैभन्दा असल प्रदर्शन हुन्छ। मेरो निम्ति डुप्लेसि र धोनी प्रेरणा हुन्। उनीहरू अहिले पनि फिट छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement