दिल्ली क्यापिटल्सको १ विकेटले रोमाञ्चक जीत

IMG-20250325-WA0001

विशाखापट्टनम: दिल्ली क्यापिटल्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को चरम रोमाञ्चक म्याचमा लखनऊ सुपर जाइण्ट्सलाई १ विकेटले पराजित गऱ्यो। डा. वाईएस राजशेखरा रेड्डी एसीए-भीडीसीए क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ८ विकेट गुमाएर २०९ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि दिल्ली क्यापिटल्सले खराब शुरुवातपछि तल्लो क्रमका ब्याटरहरूका उत्कृष्ट प्रदर्शनको सहायताले १९.३ ओभरमा ९ विकेटमा २११ रन बनाएर रोमाञ्चक जीत हासिल गऱ्यो। लक्ष्यलाई पीछा गर्दै दिल्लीको शुरुवात निराशाजनक रह्यो अनि एक समय स्कोर ५ विकेटमा ५६ रन रहेको थियो। त्यहाँबाट इम्प्याक्ट प्लेयर-को रूपमा खेल्दै आशुतोष शर्माले अविजित ६६ रन बनाएर टीमलाई जीत दिलाए। उनले ३१ बल खेलेर ५ वटा छक्का र ५ वटा चौका लगाए। आशुतोषले ट्रिस्टन स्टब्स (२२ बलमा ३४ रन)-सँग छैटौं विकेटको निम्ति ४८ रन अनि विपराज निगमसँग सातौं विकेटको निम्ति ५५ रनको म्याच जिताउने पार्टनरशीप गरे। यसमा स्टब्सले ३ वटा छक्का र एउटा चौका लगाए। यसरी विपराजले ५ वटा चौका र २ वटा छक्काको साथ १५ बलमा ३९ रन बनाए। कप्तान अक्षर पटेलले २२ रनको योगदान दिए। लखनऊका बलरहरूमा शार्दुल ठाकुर, मणिमरण सिद्धार्थ, दिगवेश राठी र रवि बिश्नोईले २-२ विकेट लिए। यसअघि लखनऊको टीमले दिल्ली क्यापिटल्सलाई २१० रनको चुनौतीपूर्ण लक्ष्य दियो। पहिला ब्याटिंग गर्दै लखनऊको टीमले असल शुरुवात गरे पनि अन्तिम ओभरहरूमा लगातार विकेटको पतन हुँदा तेजीको साथ रन बनाउन सकेन। निकोलस पूरनले सर्वाधिक ७५ रन बनाए। उनले ३० बल खेलेर ७ वटा छक्का र ६ वटा चौका लगाए। यसरी मिचेल मार्शले ३६ बलमा ७२ रन बनाए। उनले ६ वटा छक्का र ६ वटा चौका लगाए। ओपनर एडन मार्करम केवल १५ रन बनाएर पाँचौं ओभरमा विपराजको शिकार बने। यसरी ४६ रनमा पहिलो विकेटको पतनपछि अन्य ओपनर मार्शसँग पूरनसँग मिलेर आक्रामक मिजासमा ब्याटिंग गर्दै तेजीको साथ रन बनाएर दोस्रो विकेटको निम्ति ८७रनको पार्टनरशीप गरे। मुकेश कुमारले मार्शको विकेट लिएर पार्टनरशीप तोड़्नको साथै दिल्ली क्यापिटल्सका बलरहरूले म्याचमा फर्किने मौका पाए। त्यसपछि डेविड मिलरलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन् । कप्तान रिषभ पन्त खाता नखोली आउट भए। मिलरले २ वटा छक्का र एउटा चौकाको साथ १९ बल खेलेर अविजित २७ रन बनाए। दिल्ली क्यापिटल्सका बलरहरूमा स्टार्कले ३ र स्पिनर कुलदीप यादवले २ विकेट लिए। आशुतोष शर्माले प्लेयर अव् द म्याच-को ट्रफी जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement