रातमा धुवाँ: मेयरले बोलाए आपतकालीन बैठक

IMG-20250324-WA0210

सिलगढी: रातमा सिलगढीका विभिन्न भागहरूमा धुवाँ देखिएपछि मेयर गौतम देवले यसको स्रोत पत्ता लगाउन पुलिस, दमकल र वन विभागका अधिकारीहरूसँग आपतकालीन बैठक गरे।
सोमबार बसेको बैठकमा उपमेयर रञ्जन सरकार र अन्य अधिकारीहरूको उपस्थिति रहेकाे थियो, जहाँ शहरलाई असर गर्ने धुवाँको उत्पत्तिको बारेमा छलफल गरियाे।
यस विषयलाई सम्बोधन गर्दै मेयर गौतम देवले शहरको डम्पिङ ग्राउन्डबाट धुवाँ निस्कने हल्ला गलत भएको स्पष्ट पारे। उनले धुवाँको वास्तविक स्रोत दुधिया र गजोलडोबाको वन क्षेत्र भएको बताए।
मेयरले डम्पिङ ग्राउन्डको सम्बन्धमा गरिएका धेरै उपायहरू पनि प्रस्तुत गरे, जसमा अग्नि सुरक्षा प्रणाली स्थापना, गोदाम, वाचटावर र सीसीटीभी सर्भर कोठाको निर्माण समावेश छ। साथै, उनले पुलिस चौकी स्थापना गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement