नाम्चीमा ‘विश्व क्षयरोग दिवस’ पालन

n6573603571742840511177dd63b0f83b4e66a12a737f70390ebe8efd83b0eaf16ed8c27a1c84f00fce8858

नाम्ची: नाम्ची जिल्ला अस्पतालले आज ‘विश्व क्षयरोग दिवस’ पालन गऱ्यो। नाम्ची जिल्ला क्षयरोग केन्द्रको सम्मेलन हलमा पालन गरिएको सो दिवसमा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राई मुख्य अतिथि थिए।
२४ मार्चका दिन विश्वभरी क्षयरोगको प्रभावको बारेमा जनतालाई शिक्षित गर्न विश्व क्षयरोग दिवस हरेक वर्ष मनाइन्छ।
यसपाली, वर्ष २०२५ को निम्ति विश्व क्षयरोग दिवसको थीम ‘हो सँगै! हामी क्षयरोग अन्त्य गर्न सक्छौं’ रहेको छ।
यस अवसारमा, मुख्य अतिथि विधायक राईले आफ्नो सम्बोधनमा क्षयरोगबारे जागरूकता जगाउनमा सम्बन्धित विभागको योगदानको सराहना गरे। उनले अस्वस्थ जीवनशैली अपनाएर र उचित खानालाई बेवास्ता गरेर हामी आफैंले रोगलाई निम्त्याइरहेको छौं भनी बताए।
कार्यक्रममा उपस्थित सबैको ध्यान आकर्षित गर्दै उनले स्वास्थ्य निर्देशिकाहरू पालना गर्न र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने अनुशासित बानीहरू विकास गर्न आग्रह गरे। यस अतिरिक्त, विधायक राईले नाम्चीलाई क्षयरोगमुक्त जिल्ला बनाउने लक्ष्यका साथ व्यक्ति र समुदाय दुवैलाई फाइदा पुग्ने गरी जागरूकता कार्यक्रम आयोजना गर्न आह्वान गरे।
विशिष्ट अतिथि नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले आफ्नो सम्बोधनमा सफल कार्यक्रम आयोजना गर्न केन्द्रका सदस्यहरूको लगनशील प्रयासको प्रशंसा गरिन्। उनले उल्लेखनीय संख्यामा जीपीयूहरू क्षयरोगमुक्त भएको सकारात्मक समाचारप्रति खुशी व्यक्त गर्दै आशा, सीएमओ र उनीहरूका सम्पूर्ण टोलीलाई आफ्नो प्रशंसनीय काम जारी राख्न प्रोत्साहित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement