मंगनमा उत्तर जिल्ला सहकारी दुग्ध उत्पादक संघको बोर्ड बैठक

IMG-20250324-WA0294

मंगन: उत्तर जिल्ला सहकारी दुग्ध उत्पादक संघ लिमिटेडको ३१औं बोर्डको बैठक आज मंगनस्थित उत्तर जिल्ला दुग्ध संघको सम्मेलनको प्रेक्षागृहमा सम्पन्न भयो। आजको बैठकमा अध्यक्ष साम्तेन भोटिया, बोर्ड अफ् डायरेक्टर्सका साङडोमा लेप्चा, पेमकुमार राई, राज लिम्बू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आज सम्पन्न भएको बैठकमा विशेष गरेर गत ६ महिनादेखि दुध उत्पादनमा भएको वृद्धिबारे जानकारी गराइयो। यसका साथै बैठक विगत छ महिनाको प्रगति प्रतिवेदन, दूध किन्नेहरूको संख्यामा वृद्धि, निष्क्रिय दूध समाजहरूको सफल पुनरुत्थान, नयाँ दूध सङ्कलन समाजहरू खोल्ने साथै जागरूकता शिविर, नय़ाँ दुध उत्पादन केन्द्र, वित्तीय साक्षरता शिविरबारे जानकारी गराइयो। बैठकमा मंगन जिल्लाका एनडीएमयू र दुग्ध सहकारी संस्थाहरूले सामना गर्दैआइरहेको विभिन्न प्रकारको चुनौतीहरू सहित प्रगतिबारेमा छलफल गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement