गान्तोक: माछा प्रदर्शनी एवं बिक्री कार्यक्रमको दोस्रो दिन सिक्किममा माछापालन क्षेत्रलाई सुदृढ पार्ने महत्वमाथि जोड़ दिएको छ। यस अवसरमा सिक्किम सरकारका कृषि एवं पशुपालन विभागीय मन्त्री पूरण गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित थिए। विधायक एनबी प्रधान विशिष्ट अतिथिकोरूपमा रहेका थिए। माछा प्रदर्शनीको दोस्रो दिन मुख्य आकर्षककोरूपमा माछा विक्रेता र उपभोक्ताहरूका लागि आधुनिक, स्वच्छ र सुसज्जित बजार प्रदान गर्ने उद्देश्यले पुनर्निर्मित घरेलु माछा बजारको उद्घाटन गरिएको थियो। मत्स्यपालन विभागको नेतृत्वमा यस पहलले माछा पालकहरूलाई उत्पादित माछा बजारसम्म पुऱ्याउनको निम्ति अहम भूमिका निर्वाह गरेको बताइएको छ। यस पहलले ताजा माछाको आयत र बिक्रीलाई सहज बनाउनको साथै स्थानीय उपभोक्ताहरूको लागि गुणस्तरीयरूपमा माछा उपलब्ध गराउने छ। माछा बजारमा असाधारण योगदानको मान्यतामा, मत्स्यपालन विभागले गत १७ देखि २४ नोभेम्बर २०२४ सम्म आयोजित माछा महोत्सवको सफल उत्सव पछि माछा पालकहरूलाई प्रेरित गरेको छ।