गान्तोक: पाकिम जिल्लामा सञ्चालित जिल्ला क्षयरोग केन्द्र र सिङताम जिल्ला अस्पतालको संयुक्त पहलमा आज सिङतामको सामुदायिक भवनको प्रेक्षागृहमा जिल्लास्तरीय विश्व क्षयरोग दिवस पालन गरियो। प्रत्येक वर्षको २४ मार्चको दिन विश्वमा नै क्षयरोग दिवस पालन गरिन्छ। यस कार्यक्रम पालन गरिनुको मुख्य उद्देश्य विश्वभरिता जनतालाई क्षयरोगबारे सचेत गराउनको साथै यसको रोकथामबारे जागरूक गराउनु रहेको छ। आजको यस कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल रोहन आगवाने मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले क्षयरोग विरुद्धको लडाईमा प्रारम्भिक पहिचान र प्रभावकारी उपचारको अत्यावश्यक भूमिकामाथि जोड दिए। उनले थप जानकारी गराए अनुसार क्षयरोग विरूद्ध लडने यो एक महत्वपूर्ण विश्वव्यापी स्वास्थ्य चुनौतीकोरूपमा चिन्हित रोग रहेको बताए। उनले क्षयरोग जिल्ला कार्य योजना अनुसार आगामी २०२६ सम्म पाकिम जिल्लालाई क्षयरोग मुक्त गरिने विषयमाथि पावर पोइन्ट प्रेजेन्टेसन प्रस्तुत गरे। यस पहलले पाकिम जिल्लामा सफल क्षयरोग उन्मूलन सुनिश्चित गर्न प्रारम्भिक रोग पहिचान, न्यूनीकरण रणनीतिहरूको कार्यान्वयन, क्षयरोग निक्षय मित्रहरूको भूमिकाको प्रवर्द्धन, अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरूको लागि प्रशिक्षण, व्यापक अनुगमन र तथ्याङ्क सङ्कलनको महत्त्वलाई जोड दिएको बताए। जिल्लापालले क्षयरोगसँग सम्बन्धित भेदभाववलाई सम्बोधन गर्ने आवश्यकतामाथि प्रकाश प्रकाश पार्दै उनले क्षयरोग नियन्त्रणमा खटिरहेका सम्वन्धित अधिकारीहरूको योगदानको खुलेर प्रशंसा गरे। उनले क्षयरोगको स्वास्थ्य, सामाजिक र आर्थिक प्रभावबारेमा सार्वजनिकरूपमा जागरूकता अभियान र सामुदायिक संलग्नता गतिविधिहरूलाई प्राथमिकता दिन आग्रह गरे। यसका साथै, उनले क्षयरोगमुक्त क्षेत्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्यािउने व्यक्ति र संस्थाहरूका लागि प्रोत्साहन घोषणा गर्दै क्षयरोगमुक्त समाजलाई बढावा दिन उत्कृष्ट ग्राम पंचायत पञ्चायत यूनिटको योगदानको सम्मान जनाए। सोही प्रकारले पाकिम जिल्लाकामा मुख्य चिकित्सक अधिकारी मदनमणि ढकालले २०२५-२०२६ सम्ममा पाकिम जिल्लामा क्षयरोग उन्मूलन गर्ने उद्देश्य राखेर काम गरिरहेको बताए। यसै क्रममा क्षयरोग जिल्ला प्रभारी डा. सन्ध्या राईले क्षयरोगसँग सम्बन्धित जागरूकता र उन्मूलन गर्नको निम्ति विभागले गरिरहेको विभिन्न प्रकारको प्रयासबारे जानकारी गराइन्। उनले क्षयरोगसँग लड्न सामूहिक कार्य र समुदायबाट व्यक्तिगतरूपमा सहभागिता जनाउनु पर्ने विषयमाथि प्रकाश पारिन्।