एमएसएमई सम्बन्धमा आरबीआइ गान्तोकको टाउन हल बैठक

IMG-20250324-WA0287

पाकिम: भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ), गान्तोक शाखाले २१ मार्चको दिन सूक्ष्म, लघु र मध्यम उद्यम (एमएसएमई) सम्बन्धी एउटा टाउन हल बैठकको आयोजना गरेको थियो। उक्त बैठकको उद्देश्य ब्याङ्कसम्म पहुँच नभएका उद्यमीहरूलाई औपचारिक ब्याङ्किङ प्रणालीमा एकीकृत गर्नु र उद्यमीहरू, ब्याङ्करहरू र अन्य सरोकारवालाहरू बीच दुई-तर्फी सञ्चारलाई बढावा दिनु रहेको थियो। बैठकलाई आरबीआइ गान्तोकका क्षेत्रीय निर्देशक थोटनगम जामाङको अध्यक्षता गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै आरबीआइ गान्तोकका महाप्रवन्धक गोदा रविशङ्करले उद्यमीहरूको वित्तीय आवश्यक्ताप्रति ब्याङ्करहरूले सहानुभूति र उत्तरदायित्व अप्नाउनुपर्ने कुरामा जोर दिए।

यसरी नै बैठकलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीय निर्देशक थोटनगम जामाङले अर्थतन्त्रमा एमएसएमईको महत्त्वपूर्ण भूमिका र नवोदित उद्यमीहरूलाई सहयोग गर्ने ब्याङ्कहरूको आवश्यकतामाथि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement