झापा: सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो।
घिसिङ दोस्रो पटक अगस्त २०२१मा कार्यकारी निर्देशक नियुक्त भएका थिए।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।
कुलमान घिसिँगको उर्जा मन्त्रीसँग विगत केही दिनदेखि टशन चल्दै आएको थियो। कुलमान घिसिँग आएपछि नेपालमा लोडसेडिँग अन्त्य भएको हो।