सौरेनीमा भागोप्रमोको दोस्रो स्थपना दिवस पालन

00-IMG_20220909_172020

सौरेनी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति सौरेनी समष्टिको आयोजनामा यहाँको सार्वजनिक भवनमा पार्टीको दोस्रो स्थपना दिवस भव्यताको साथमा पालन गरियो। श्रीमती  लक्ष्मी छेत्रीले सञ्चालन गरेको कार्यक्रमलाई श्रीमती फूलमाया तामाङको अध्यक्षता गरेकी थिइन्। कार्यक्रममा सौरेनी समष्टिबाट निर्वाचित भएर जीटीएका स्वस्थ्य विभाग साथै अल्पसंख्यक जनकल्याण विभागका भारप्राप्त सभासद अरूण सिग्ची प्रमुख रूपमा उपस्थित थियो। यसबाहेक भागोप्रमो केन्द्रीय समितिका सदस्य विदुर गुरूङ, सतिश थापा, नारी शक्ति केन्द्रिय समिति सदस्य अनिता राई, पार्टी मिरिक महकुमाका उपाध्यक्ष अर्जुन प्रधान, सौरेनी समष्टिका सचिव विनय सुब्बा,समष्टि उपाध्यक्षहरू देउराज प्रधान, तारा घिमिरे, मदन तामाङ, समष्टि प्रचार प्रसार सचिवद्वय गंगा पी प्रधान, किरण राई, कोषाध्यक्ष दुर्गा नारायण प्रधान, राजीब राई,सल्लाहकार वाङ्दी लामा सतीस राई, फुवागढी उमाविका शिक्षक प्रभारी पेमा लामा,रविन्द्र नाथ उमाविका शिक्षक प्रभारी कैलाश राई, सौरेनी समष्टि नारी शक्ति सचिव आशा छेत्री, समष्टि युवा शक्ति अध्यक्ष दिपेन राई, सचिव समीरण वरदेवा, भागोप्रमो सौरेनी बजार शाखा अध्यक्ष रूपक बोमजन अनि विभिन्न भातृ संगठनका प्रतिनिधिवर्गलगायत पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

समारोह अध्यक्ष अनि प्रमुख अथितिको बाहुलीबाट दीप प्रज्वलन गरेपछि प्रमुख अथिति कार्यकारी सभासद अरूण सिग्चीले पार्टीको झण्डा उत्तोलन गरे भने आशा छेत्रीले स्वागत सम्बोधन राखिन्। यसरी नै तारा घिमिरे अनि समुहले स्वागत गीत प्रस्तुत गरे। कार्यक्रममा स्थानीय कलाकारहरुले सांकृतिक गीत साथै नृत्यहरू प्रस्तुत गरे भने चर्चित सेक्सोफोन वादक राकेश गोलेले सेक्सोफोनको सुन्दर धुन प्रस्तुत गरे। पार्टीको दोस्रो स्थपना दिवसको अवसरमा समष्टिका वयोवृद्ध कार्यकर्ताहरूलाई उनीहरूले पार्टीलाई दिएको योगदानलाई कदर गर्दै दोसल्ला अनि स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइयो। यता कोभिड-१९ को महामारीमा पनि जनसेवामा निरन्तर लागेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने कोभिड वरियरहरू भवनी भुजेल र विवेक गोले साथै चुनावको समयमा पार्टीको चुनावी गीत लेख्ने गीतकार अजित वियोगी अनि संगीतकार सुदर्शन राईलाई पनि सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अथिति अरूण सिग्चीले आफूलाई समष्टिका जनसाधरणले दिएको अमूल्य भोटको कारण आफू यो पदमा आशिन भएको र समष्टिको विकास गर्नु र रोजगारको ढोका उघार्ने आफ्नो कर्तव्य रहेको बताए। उनले आफूलाई जीटीए अध्यक्ष अनित थापाले विश्वास गरेर स्वास्थ्य विभागको भार दिएको बताउदै आउँदो दुईदेखि तीन वर्षभित्र जीटीए क्षेत्रको अस्पतालहरूको समस्या समधान गरिने वचन दिए। जीटीए क्षेत्रका जनसाधारणलाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा आफ्ना परिवारका बिरामीहरूलाई भर्ना गर्नुपर्दा वा चिकित्सकहरूसँग भाषाको आधारमा धेरै असुविधा हुने भएकोले जीटीएले पहाडवासीको निम्ति चाँडै हेल्प डेस्क सञ्चालन गर्ने पनि उनले बताए। यसका साथै उनले मिरिक महकुमा क्षेत्रको आठवटा उच्चतर माध्यमिक विद्यालयबाट बाह्रौं श्रेणीमा स्कूल टप्पर हुने मेधावी विद्यार्थीहरूलाई भागोप्रमो सौरेनी समष्टिको पक्षबाट दस दस हजार रूपियाँ क्षात्रवृतिको रूपमा प्रदान गर्ने घोषणा गरे। उनले हामी फुटेर होइन जुटेर कार्य गर्नु पर्छ भन्दै भागोप्रमोमा समर्थन गर्ने सबैलाई पनि साथमा लिएर कार्य गर्ने वचन वचन दिए। उनले पलधुरामा पानीको समस्या भएको कारण वर्तमानमा पिउने पानीको समस्यालाई समाधान गर्नका लागि जेनेरेटर मशिन उपलब्ध गराइदिएको र क्षेत्रवासीले समष्टिका प्रतिनिधिहरूसँग सम्पर्क गरि उक्त मशिन ग्रहण गरिदिने आह्वान गरे। यसबाहेक उनले जीटीए अध्यक्ष अनित थापाको नेतृत्वमा पहाडले नयाँ रूप फेर्ने बताउँदै आफू विगतमा पनि वर्तमानमा पनि अनि भविष्यमा पनि भागोप्रमो अध्यक्ष अनित थापाको साथमा रहने बताए। यता कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा लक्ष्मी छेत्रीले यस वर्ष पार्टीको स्थपना दिवस कार्यक्रम नारी शक्तिको अगुवाईमा गर्ने भार दिएकोमा कार्यकारी सभासद अरूण सिग्चीप्रति आभार प्रकट गरिन्। उनले नारीहरूलाई अब हरेक कार्यमा अघि राखेर पार्टीले कार्य गर्छ भन्ने कुरोमा पनि आफूहरू विश्वस्त रहेको उनले बताइन्। यसका साथै समष्टिका उपाध्यक्ष तारा घिमिरेले नारी शक्तिले आयोजना गरेको कार्यक्रम उत्कृष्ट रहेको र आउँदो दशै तिहार मिलन समारोह प्यारेण्ट्स बडीले आयोजना गर्ने र गणतन्त्र दिवस भूपू सैनिक संगठनले आयोजना गर्ने सुची तयार पारेको पनि उनले बताएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement