जब कार्ड धारकहरू विचलित नहुनु होस: के. के. राई
दार्जीलिङ: जब कार्ड धारकहरूलाई विचलित नभई दिने हाम्रो पार्टीले गरयो आहवान। गत धेरै दिनदेखि जब कार्ड धारकहरूले भोग्नु परी रहेको समस्याहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टीको तकलिङ पेशोक समष्टि र तकदाह ग्लेनवर्ण समष्टि कार्यकर्ता हरूले खण्ड विकाश अधिकारीसंग भेट गरयो। भेटवार्ता पछि हाम्रो पार्टीको कार्यकर्ता के. के. राईले गत धेरै दिन अधिदेखि हामीले जब कार्ड धारकहरूले भोग्न परी रहेको समस्याहरूलाई लिएर आज खण्ड विकाश अधिकारीसंग हामीले भेटवार्ता गरयौ अनि उक्त भेटवार्ता मा जब कार्ड धारकहरूले भोग्दै आई रहेको समस्याहरू बारे हामीले उनीसंग कुरा गर्दा जब कार्ड धारकहरूको संख्या अचानक बडेर गएको हुनाले यस विषयमाथि विभागले छानवीन कार्यहरू चलाउँदै आएको हुनाले कार्ड धारकहरूलाई समस्या हुन पूगेको हो भन्ने जानकारी गराएको राईले बताए। सरकारले बेरोजगारहरूलाई रोजगार स्वरूप सय दिने रोजगार योजना लागु गर्दै आई रहेका छन अनि यौ सय दिने रोजगार योजनाले धेरै बेरोजगारहरूलाई आर्थिक सहयोग पूराउदै आई रहेका छन।मिल्दै गरेको रोजगार एंव आर्थिक सहयोग ठप्प हुदा जब्फ कार्ड धारकहरूले धेरै असुविधाहरू उठाउनु परी रहेको समस्यालाई हाम्रो पार्टीको प्रतिनिधि टोलीले खण्ड विकाश अधिकारीसंग कुरा गर्दा जब कार्ड धारकहरूको संख्या बडदा विभाग ले यसमाथि छानवीन अभियान चलाएको हो भन्ने प्रतिनिधि टोलीलाई जनाएको राईले बताए। तिनले अझ भने यो छानवीन कार्य धेरै अधि नै हुने पर्ने थियो तर ढिलो आयो तर राम्रो आएको राईले बताए। असली जब कार्ड धारकहरूको जब्फ कार्ड हराउने छैन भन्दै विचलित नहुने हाम्रो पार्टीको कार्यकर्ता के. के. राईले आहवान गरयो।