खरसाङ: यसपाली पनि खरसाङमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नेपाली नव वर्ष २०८२ को अवसरमा सांस्कृतिक शोभायात्राको आयोजना गरिने भएको छ। यसै विषयलाई लिएर खरसाङमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको सभा अध्यक्षा आशा मुखिया लामाको अध्यक्षतामा खरसाङको गोर्खा सांस्कृतिक चिन्तन भवनमा सम्पन्न भएको छ। सभामा आगामी नव वर्ष २०८२ को अवसरमा पहिलो वैशाख भव्य रुपमा सांस्कृतिक शोभायात्राको साथमा आयोजना गरिने निर्णय गरिएको छ। उक्त सांस्कृतिक शोभायात्रा खरसाङ क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुलाई समावेश गरेर सांस्कृतिक एकता परिदर्शन गर्नलाई आयोजना गरिने निर्णय गरिएको छ। यसको साथै विभिन्न संघ संस्थाहरुलाई समावेश गरेर शोभायात्रासितै विभिन्न सांस्कृतिक प्रदर्शनीहरु, झाँकीहरुको पनि प्रस्तुति गरिने सभामा निर्णय गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै उक्त दिन डा. भीमराव अम्बेडकर जयन्ती पनि भएकोले डा. भीमराव अम्बेडकर समितिसित पनि सम्पर्क गरेर एकसाथ मिलेर जन्म जयन्ती पालन गर्ने निर्णय पनि गरिएको छ। नव वर्ष २०८२ को पहिलो वैशाखलाई लिएर आयोजना गरिने सांस्कृतिक शोभायात्रा कार्यक्रमको लागि आगामी ५ अप्रेलको दिन खरसाङ क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुलाई लिएर सभा गरिने पनि जानकारी प्राप्त भएको छ। त्यसरी नै नव वर्षको अवसरमा गोर्खा सांस्कृतिक संस्थान खरसाङले प्रत्येक वर्ष बिहान मन्दिर र गुम्बामा गएर पूजा अर्चना गर्ने गरेको र यसपाली पनि गरिने भएको जानकारी गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले दिएकी छन्।