खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाडीधुरा संलग्न बुढीपाइ क्षेत्रमा आज आगो लागेको छ। प्राय: बिहानैदेखि लागेको आगोले विस्तारै उग्र रूप लिइरहेको छ भने यहाँको गाडीधुरा बाहुनी पोखरी बन क्षेत्रलाई विशेष प्रभावित पारेको छ। आगो लागेकोले यहाँका धेरै वन्यप्राणी एवम् वन्य सम्पदाहरूलाई नोक्सान पुऱ्याएको आशङ्का गरिएको छ। स्थानीय मानिसहरू अनुसार आगो कतिबेला अनि कुन कारणले कारणले लाग्यो त्यस्तो थाहा नभए पनि अहिलेसम्म क्षेत्रमा आगो निक्कै फैलिसकेकोले यसलाई नियन्त्रणमा ल्याउन धेरै गाह्रो परिरहेको छ भने प्राप्त जानकारी अनुसार सिलगढीबाट यहाँ दमकल पनि ल्याइएको छ।

यद्यपि आगोलाई निभाउन स्थानीय मानिसहरू लागिरहेका छन्। आगोले वरिपरीका गाउँहरूलाई पनि क्षति गर्न सक्छ कि भन्ने आशङ्काले मानिसहरू
चिन्तित छन्।