एक्सेल बैंकको निक्षेप संकलन १४ अर्ब ९७ करोड

IMG-20250324-WA0192

बिर्तामोड(नेपाल): एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिकको दोस्रो त्रयमासमा १४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
बैंकको १९औँ वार्षिक साधारणसभाको अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको छैटौँ महिना पुस मसान्तसम्म बैंकले १२ अर्ब ९ करोड २६ लाख ५२ हजार रुपयाँ कर्जा लगानी गरेको उल्लेख छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डक्टर इन्द्रकुमार कट्टेलले बैंकमा कर्जा असुली चुनौतीका रुपमा रहेकाले आक्रमक र संयमित भएर कर्जा असुली गर्नुपर्ने बताए। उनले बैंकमा दुई अर्ब रुपैयाँभन्दा बढी रकम तरलताका रुपमा थुप्रिएको बताए।
प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले कोशी प्रदेशका आठ जिल्लाका ४७ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ।
सञ्चालक समितिका अध्यक्ष गोयल र पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा उद्घाटन गरेको साधारणसभामा सञ्चालक सदस्य डक्टर रुपकप्रसाद खनालले स्वागत मन्तव्य र सञ्चालक समितिका अध्यक्ष गोयलले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकाल, संस्थापक शेयरधनी सुरेशकुमार वंशलले बैंकका समस्याका बारेमा धारणा राख्दै उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement