सिलगढी: अब तृणमूल कङ्ग्रेसका सबै मन्त्रीहरू एक एक गर्दै जेल जानेछन् अनि ममता ब्यानर्जीलाई सरकार चलाउनको लागि मन्त्रीहरूको कमी हुनेछ भन्दै पत्रकार हरुसमक्ष बोले दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता सांसद राजु विष्टले बताए। सिलगढीमा आज सांसद बिष्टले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, तृणमूल सरकार व्यापक भ्रष्टाचारमा लिप्त छ। ईडी अनि सीबीआई ले यसको जाँच गर्न पर्छ। मुख्यमन्त्री ममता ब्यानर्जीले प्रत्येक दिन देशको अपमान गर्ने गर्छिन्। तिनले प्रधानमन्त्री, राज्यपाल, राष्ट्रपतिलाई समेत अपमान गरिसकेको सांसद विष्टले आरोप लगाए। तर एकजना मुख्यमन्त्रीको हैसियतमा यस्तो नगर्नु पर्ने हो भन्दै तिनले अभ भने, यदि भाजपा को निर्देशमा सीबीआई, ईडी चल्ने भए यो तृणमूल सरकार अझसम्म चल्ने थिएन। तिनले ईडी, सीबीआई लाई चाँडो भन्दा चाँडो जाँच गरिदिने पनि अनुरोध गरेका छन्।