चेन्नई सुपर किंग्सको ४ विकेटले रोमाञ्चक जीत

IMG-20250324-WA0009

चेन्नई: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को तेस्रो म्याचमा मुम्बई इण्डियन्सले चीरप्रतिद्वन्द्वी चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गऱ्यो। आइतवार राति खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। जवाफमा चेन्नई सुपर किंग्सले १९.१ ओभरमै ६ विकेटमा १५८ रन बनाएर म्याच जित्यो। म्याचमा पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सको शुरुवात खराब रह्यो। रोहित शर्मा खाता पनि नखोली आउट भए। शीर्ष क्रमका दुईजना विदेशी खेलाड़ी रेयान रिकेलटन १३ र विल ज्याक्स ११ रन बनाएर आउट भए। त्यसपछि अन्य कसैले पनि ठूलो ईनिंग्स खेल्न सकेनन्। कार्यवाहक कप्तान सूर्यकुमार यादवले २९, तिलक वर्माले ३१ र दीपक चाहरले अविजित २८ रन बनाए। चेन्नई सुपर किंग्सका बलरहरूमा अफगानिस्तानका स्पिनर नूर अहमदले ४ विकेट हासिल गरे। यसरी खलील अहमदले ३ विकेट लिए। त्यसपछि १५५ रनको लक्ष्यलाई अघि राखेर खेल्ने चेन्नई सुपर किंग्सलाई ओपनर रचिन रविन्द्र र कप्तान रितुराज गायकवाड़को अर्द्धशतकले जीत दिलायो। रचिनले ४ वटा छक्का र २ वटा चौकाको साथ ४५ बल खेलेर अविजित ६५ रन बनाए। यसरी रुतुराजले ६ वटा चौका र ३ वटा छक्काको साथ २६ बल खेलेर ५३ रन बनाए। यी दुईजना बाहेक रविन्द्र जडेजाले १७ रनको योगदान दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement