मंगन जिल्लाको भ्रमण सकेर फर्किए राज्यपाल माथुर

IMG-20250323-WA0295

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरको मंगन जिल्ला भ्रमण आज समाप्त भयो। यस दुई दिवसीय भ्रमणको क्रममा राज्यपाल युमथाङ घाटी पनि पुगेका थिए। युमथाङको प्राकृतिक सुन्दरताले उनी मन्त्रमुग्ध बनेका थिए। युमथाङको प्रशंसा गर्दै राज्यपालले यसलाई असिम सम्भावनाको स्थाल बताए। उनले युमथाङ पर्यटकहरूको निम्ति घुम्ने योग्यको स्थल बताएका छन्।
राज्यपालले युमथाङ बाहेक चुङ्गथाङको पेगङस्थित भारत तिब्बत सीमा बलको ११औं वाहिनीको पनि भ्रमण गरे। त्यहाँ तैनाथ जवानहरूसित अन्तरक्रिया गर्दै राज्यपालले उनीहरूको देश प्रतिको सेवा र समर्पणको सराहना गरे।
मंगन जिल्लाको भ्रमणअवधि राज्यपाल ओम प्रकाश माथुरलाई भारत तिब्बत सीमा बलको महिला टुकड़ीले गार्ड अफ् अनर दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement