दार्जिलिङ: गिंग हनुमान डाँड़ा खेल मैदानमा आयोजित एक कार्यक्रममा जीटीएको मुख्य कार्यपाल अनित थापाले पूर्ण भएका विभिन्न योजनाहरुको उद्घाटन अनि नयाँ योजनाहरुको शिलान्यास गरे। उद्घाटन अनि शिलान्यास कार्य योगेन्द्र प्रधान, कार्यकारी सभासद, विद्युत एवं उर्जा विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको उपस्थितिमा गरियो।
लेबोङ्ग बदमताम समष्टि क्षेत्रमा शिलान्यास गरिएको विभिन्न विकास कार्यहरूमा फुटबल मैदानलाई फिफा मापदण्डसम्म विस्तार, गोर्खा स्टेडियम, लेबोडको दक्षिण पश्चिम तर्फ आरसीसी ग्यालरी र सुरक्षा पर्खाल निर्माण रहेको छ। त्यसरी नै गोर्खा रंगशालामा प्राकृतिक घाँस (मैक्सिकन) आपूर्ति र बिछ्याउने कार्य, गोर्खा रंगशालाको बाउन्ड्री फेन्सिङ, गोलाई बजारदेखि गोलाई गाउँ (चिहान) वार्ड नम्बर ३२, सम्मको सडकको पूर्ण मर्मत सम्भार रहेको छ जसको लम्बाई ५१०,०० मिटर रहेको छ। त्यसरी नै माजिटार रोड, कटारा गोलाईदेखि एसएसके, नयाँ बस्टी, बदामताम सम्म बिटुमिनस सडक निर्माण।(एल-१.८६ किमी),काफेबारीमा सामुदायिक हल (हनुमान दारा, ३ नम्बर), सीमा बार सहितको तल्लो गिङ, मुख्य ढोका, सुरक्षा पर्खाल आदिको निर्माण रहेको छ। त्यसरी नै बसन्त गाँउ, बारा गिङमा सामुदायिक हल निर्माण रहेको छ भने ७२ देखि तल्लो गाउँ जेलिङटार, गिङ, लेबोङ, दार्जिलिङ सम्मको जठान सड़क निर्माण कार्य, सुन्तलेदेखि सिरुबारी, तल्लो गाउँ सम्मको सडक निर्माण कार्य रहेको छ।यसरी नै नवमती सुधार समितिको विद्यमान समाज घरको ठाडो विस्तार, नल्बन गाँउ, वार्ड नम्बर ३२, घोरा मुटुवादेखि चिपचिप्पे, माझिटारसम्मको सडक मर्मतको कार्य रहेको छ भने बिच गाउँमा ब्यानकबर्न चर्चको निर्माण,दारा गाउँ, हरसिंहट्टामा सामुदायिक भवन निर्माण कार्य रहेको छ। त्यसरी नै लामास मुख्य सडकदेखि सानू मैदान, लेप्चाखेती, बदामतम (०.०० किलोमिटर देखि १०० किलोमिटर) सम्मको सडक निर्माण कार्य, पाँचधुरी गाउँ, ब्यानकबर्न लेबोड भ्याली-॥ जीपीमा सामुदायिक सेफ्टिक ट्याङ्की र सोक पिटको निर्माण कार्य, लिङ्ग स्वास्थ्य केन्द्रमा आकस्मिक सुरक्षा पर्खाल निर्माण अनि हनुमान दारा सडकदेखि काफेबारी उपकेन्द्र सम्मको सडक निर्माण कार्य रहेको। यी परियोजनाहरूको कुल लागत रूपियाँ १२० करोडको रहने छ। त्यसरी नै रूपियाँ ३३,९९२,३०७.९५ मा पूर्ण गरिएको विभिन्न योजनाहरुको पनि अनित थापाकाे बाहुलीबाट उद्घाटन गरियो। उद्घाटन गरिएको विकासका कार्यहरूको सूचीहरुमा दार्जिलिङ पुलबजार ब्लक (एल-९३०मी) दार्जिलिङ अन्तर्गत लामासदेखि माथिल्लो धजय, बहामतम टीई सम्मको सडक निर्माण कार्य रहेको छ भने स्वास्थ्य तथा परिवार कल्याण, जीटीए, (आरआईडीएफ़ फंड) अन्तर्गत उप-केन्द्र गिङ (स्वास्थ्य तथा कल्याण केन्द्र) को लागि सुस्वस्थ्य २ केन्द्रको नयाँ निर्माण रहेको छ। त्यसरी नै आर्थिक वर्ष २०२२-२३ मा बिजनबारी ब्लकमा रहेको बच्छाबारीदेखि एसएसकेसम्मको ३ पूर्वाधार सुदृढीकरण रहेको छ। त्यसरी नै आर्थिक वर्ष २०२३-२४ को लागि आरआईडीएफ़ अन्तर्गत सुस्वस्थ्य केन्द्र ४ स्वास्थ्य तथा कल्याण केन्द्र प्रकार-ए को निर्माण रहेको छ भने लेबोङ उपत्यका २ जिपीमा ग्राम पञ्चायत भवनको निर्माण कार्य रहेको छ।

त्यसरी नै लेबोङ नगरपालिका क्षेत्र वडा नम्बर ३२ मा सडक बत्तीको निर्माण साथै लेबोङमा सशुल्क शौचालय निमार्ण कार्य, आरआईडीएफ़ XXIX अन्तर्गत शिक्षा शाङ एच. एस. स्कूलमा थप पूर्वाधार (एसीआर, भोजन कक्ष र बालिका शौचालय) निर्माण, आरआईडीएफ़-XXIX अन्तर्गत बदामताम एच. एस. स्कूलमा थप पूर्वाधार (एसीआर, भोजन कक्ष र बालिका शौचालय) निर्माण कार्य, दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर ३२. लेबोङ गोलई, १० जीटीएको लेबोङ बदमतम समृतिमा सार्वजनिक शौचालय निर्माण कार्य रहेको छ। त्यसरी नै लेबोङको १९ कोतवालीमा रंगित रोडको छेउमा आइ लभ लेबोङ प्लेटफर्मको निर्माण कार्य रहेको छ भने लेबोङ बजारबाट गोर्खा रंगशाला, लेबोङ जाने बाटोको पूर्ण मर्मत र मर्मतसम्भार र २५ मिमी बाक्लो मास्टिक डामर वेयरिङ कोर्स भएको रंगशालाको पार्किङ क्षेत्र रहेको छ।