सोनादा: समाजसेवी, साहित्यकार एवं चिन्तक कर्णेल सुकुल प्रधान पत्नी शोकमा परेका छन्।दार्जीलिङमा जन्मिएर हाल देशको राजधानी दिल्लीमा भाषा एवं साहित्य सेवामा समर्पित कर्णेल प्रधानकी धर्मपत्नी शान्ति प्रधानको ७६ वर्षको उमेरमा निधन भयो। उनी विगत धेरै दिनदेखि उपचाराधीन अवस्थामा थिए। दिल्लीको हरेक साहित्यिक र सामाजिक क्रियाकलाप एवं गतिविधिहरू सक्रिय रूपले संलग्न तथा समर्पित कर्णेल प्रधानलाई पत्नी वियोगको दुःखद घडीमा सोनादा साहित्य संस्थानले गहिरो समवेदना प्रकट गरेको छ। सोनादा साहित्य संस्थानका अध्यक्ष तथा साहित्यकार जोगेन दर्नालले दुःख व्यक्त गर्दै भाषा तथा साहित्यचेती कर्णेल प्रधान एवं परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छ। दिवंगत शान्ति प्रधानको अन्तिम संस्कार दिल्लीमा नै गरिएको खबर प्राप्त भएकोछ।