शिवखोला ग्राम पञ्चायतमा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250323-WA0239

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत स्तरीय सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको सल्लाहकार डीबी सुब्बाको अध्यक्षता र समष्टिकाे प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभा शिवखोला ग्राम पञ्चायतको चारवटा बुथहरु र शाखाहरुलाई लिएर सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामा, समष्टिकाे युवा शक्तिको सभापति केवल राई, युवा शक्ति समष्टीको सांगठनिक सचिव बिक्की पाख्रिन, नारी शक्तिबाट अनिरा तामाङ, सिपाहीधुराबाट राजीव राई आदिले वक्तव्य राखेका थिए। यसै सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियानको समीक्षा गरिएको छ भने शाखा पसौं अभियानमा लिएको निर्णय अनुसार शाखा र प्रशाखा कमिटीहरु गठन गरिएको नगरिएको विषयमा समीक्षा गरेर कमिटी गठन नगरिएको ठाउँमा आगामी १० दिनभित्रमा झट्टै कमिटी गठन गर्ने निर्देशन जारी गरिएको छ।‌ सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति राजु लामा, पञ्चायत समिति सदस्या दिक्षा छेत्री, पञ्चायत सदस्याहरु र विभिन्न बुथहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए।‌ उक्त ग्राम पञ्चायत स्तरीय सभाको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement