बन्द रहेको सिङबुली चियाबारी भोलिदेखि खोलिने सम्झौता

IMG-20250322-WA0332

मिरिक: श्रमिक भवनमा बसेको संयुक्त बैठकमा बहुमत ट्रेड युनियनको सहमतिमा बन्द रहेको सिङबुली कमान भोलि २४ मार्चदेखि खोलिने सम्झौता भएको छ। हिजो भएको बैठकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन, गोजमुमोको श्रमिक संगठन र गोर्खा जनशक्ति फ्रण्टको ट्रेड युनियनका प्रतिनिधिहरू अनि व्यवस्थापनका प्रतिनिधिहरू उपस्थित थिए। सिङबुली चियाबारीको व्यवस्थापनले गत ६ मार्चमा बगानबाट आफ्ना व्यवस्थापकीय कर्मचारीहरूलाई फिर्ता बोलाएको थियो।श्रमिकहरुले पत्ती टिप्न नमानेको जसले गर्दा कम्पनीलाई आर्थिक नोक्सानी भएको कारण देखाइएको थियो। बगानमा सञ्चालित ट्रेड युनियनहरूले विवाद समाधान गर्न सम्पर्क गरे। यस मुद्दाको बारेमा १८ मार्चको दिन संयुक्त सम्मेलन बोलाइएको थियो। हिजो २२ मार्चको दिन लामो छलफलपछि सर्वसम्मतिमा सहमतिमा निम्न सर्तहरू र नियमहरूमा एक सौहार्दपूर्ण सम्झौता भएको छ –
भोलि २४ मार्चदेखि पत्ती टिप्ने सहित आफ्नो सामान्य कार्य पुनः सुरु हुनेछ। हिजो छलफल गरिएको सीओडी र अन्य मुद्दाहरूमा छलफल, बगान खुल्ने मितिदेखि ७ दिनभित्र सुरु गरिनेछ र एक महिनाभित्र समाधान गरिनेछ।

केन्द्रीय ट्रेड युनियनहरू र सिंगबुली चिया बगानका बगान एकाइ प्रतिनिधिहरूले उत्पादकत्व र बगानमा काम गर्ने सुसँस्कारको लागि व्यवस्थापनको आदेश पालन गर्ने आश्वासन दिए। काम निलम्बनको अवधिलाई श्रमिकहरूको सेवा अवस्था र वैधानिक बक्यौतालाई असर नगरी “नो वर्क नो पे” को रूपमा व्यवहार गरिनेछ। दुवै पक्षले बगानमा शान्ति र सद्भाव कायम राख्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement