खरसाङ: पानी अमूल्य सम्पद हो भन्ने उद्देश्यका साथमा प्रत्येक २२ मार्च विश्व जल दिवसको अवसरमा खरसाङ नगरपालिकाले विश्व जल दिवस मनाउने गर्छ। हिजो पनि खरसाङको दुर्विन डाँडास्थित इगल क्य्राकमा खरसाङ पीएचई विभागले पानी भर्ने कार्य गर्छ भने उक्त पानी खरसाङ नगरपालिका अन्तर्गत ६ वटा वार्डका नगरवासीहरूको हरघरमा पानी वितरण गरिन्छ।

आजसम्म खरसाङ नगरपालिका क्षेत्रमा पीएचई विभागसंग मिलेर पानी बनाउनु एवं वितरण कार्य संयुक्त रूपमा कार्य गर्दै आइरहेका छन्। हिजो पीएचई विभागीय अधिकारीहरू एवं जसले जंगलतिर गएर पानीको संकलन गरिरहने फिटरहरूलाई खदा लगाएर सम्मान गरियो साथै केक काटेर खुशी व्यक्त गरियो।

हिजो पीएचई विभागीय अधिकारीहरू, फिटरहरू साथै खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुवास प्रधान एवं भूपू पार्षद पार्षदिकाहरु साथै नगरपालिका फिटरहरूको उपस्थितिमा “विश्व जल दिवस पालन गरियो। यसको साथै वर्तमान पानीको समस्यालाई समाधान गर्न संयुक्त रूपमा कार्य गरी जनहित अघि पानी पुर्याउने कार्य गरिने जानकरी दिइएको छ।