मोहाली: पञ्जाब किंग्सका मुख्य प्रशिक्षक रिकी पोण्टिंगलाई उनको टीमले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को खिताब जित्न सक्ने भरोसा रहेको छ। अष्ट्रेलियाका वर्ल्ड कप विजेता कप्तान पोण्टिंगलाई यस सत्रको लिलामीपछि बनाइएको टीम प्रति निक्कै आश्वस्त देखियो। पोण्टिंगले भने, टीमको लक्ष्य नै आईपीएल ट्रफी जित्नु हो। धर्मशालामा आयोजित क्याम्पमा सामेल भएको पहिलो दिन नै मैले खेलाड़ीहरूसँग हामी पञ्जाब किंग्सलाई सर्वश्रेष्ठ टीम बनाउन गइरहेको बताएको थिएँ। हामी यसै यात्रामा छौं अनि यो काम झटपट हुनेछैन। यसबाहेक जित्नु वास्तवमा एउटा सोच हो। हामी म्याच जित्न मैदानमा ओर्लिन्छौं भने विरोधी टीमको पनि त्यही लक्ष्य हुन्छ। म विरोधी टीमहरूलाई म अनि मेरो टीमबाट केही खोस्न दिन चाहदिनँ। हाम्रो लक्ष्य प्रत्येक म्याच जित्ने रहनेछ। पञ्जाब किंग्सका मुख्य प्रशिक्षकको टीममा युवा अनि अनुभवी खेलाड़ीहरूका असल सन्तुलन रहेको सोच रहेको छ। पोण्टिंगले भने, टीममा युवा र अनुभवी खेलाड़ीहरूका असल सन्तुलन रहेको छ। यो टुर्नामेण्टमा टीमको सफलता सुनिश्चित गर्नमा एउटा महत्त्वपूर्ण कारक हुनेछ। आईपीएल २०२५-मा पञ्जाब किंग्सको पहिलो म्याच २५ मार्चमा गुजरात टाइटन्सविरुद्ध रहेको छ।