गान्तोक: सोरेङ जिल्लाअन्तर्गत रिञ्चेनपोङ निर्वाचन क्षेत्रमा आयोजित बेटी बचाओ बेटी पढाओ अभियानको दशौं वर्षको उपलक्ष्यमा आयोजित समापन कार्यक्रममा विधायक इरूङ लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। सोरेङ जिल्लाको महिला, बाल वरिष्ठ नागरिक र दिब्याङजन कल्याण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विधाय़क लेप्चाले केन्द्रीय योजनाहरू कार्यान्वयनको महत्त्वमाथि जोड दिँदै योजनाहरु राज्यको समग्र विकासको लागि आवश्यक रहेको विषयमाथि जोड दिए। उनले कल्याणकारी कार्यक्रमहरू ग्रामीणस्तरसम्म पुऱ्याउन सुनिश्चित गर्न राज्य सरकारद्वारा गरिएको प्रयासलाई प्रशंसा गरे। यस पहलले विशेष गरेर महिलाहरूलाई सशक्तिकरण गर्नमा लाभ पुग्ने आशा गरिएको छ। सरकारले महिलाहरूको सामाजिक-आर्थिक स्थिति बढाउन र लैङ्गिक समानता प्रवर्द्धन गर्न महिला केन्द्रित योजनाहरूमा सक्रियरूपमा ध्यान केन्द्रित गरेको जानकारी गराए। किशोर किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्दै विधायक लेप्चाले शिक्षाको क्षेत्रमा किशोरीहरूलाई उत्पन्न हुने विभिन्न प्रकारको अवरोध, बाधा तोडेर आत्मनिर्भर बन्नुपर्ने विषयमा प्रेरित गरे। उनले आफ्नो सम्बोधनमा अभिभावकहरूलाई आफ्नो छोरीहरूलाई शैक्षिक र व्यावसायिक सफलता प्राप्त गर्न सहयोग गर्ने आग्रह गरे।