सिङसोर पुलमा शुरू भयो बञ्न्जी जम्पिङ

IMG-20250322-WA0355

गेजिङ: सिक्किम राज्यको इतिहासमा पहिलोपल्ट साहसिक पर्यटन क्षेत्रमा बन्जी जम्पिङशुरु भएको छ। जसको चर्चित सिंङसोर पुलमा आधिकारिकरूपमा उद्घाटन गरियो। एकसय मिटर भन्दा अग्लो र २४० मिटर लम्बाइमा फैलिएको, सिङसोर पुल सिक्किमको सबैभन्दा अग्लो र एसियाको दोस्रो अग्लो पुल मानिएको छ। सिक्किम इन्स्पायर्सको पहलअन्तर्गत सिक्किम ग्रामीण पर्यटन कार्यक्रम २०२५ को शुरूवातको अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभागका सल्लाहकार तथा क्षेत्र विधायक सुदेशकुमार सुब्बाले यसको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा तीन सफल जम्प प्रदर्शन गरियो। जसले एक रोमाञ्चक नयाँ साहसिक अनुभवको शुरुवात गरेको छ। सिक्किम एक हिमाली राज्य हुनको साथै यहाँको प्राकृतिक मनोरम दृश्यले देशविदेशका साहसिक पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। जसले राज्यमा ग्रामीण र साहसिक पर्यटनलाई अझ बढावा दिने सम्भावना व्यक्त गरेको छ। बञ्जी जम्पिङ कार्यक्रमको उदघाटन पछि पत्रकारहरूलाई सम्बोधन गर्दै क्षेत्र विधायक सुदेश कुमार सुब्बाले सिङशोर पुलमा बन्जी जम्पिङको शुरुवात साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने र स्थानीय रोजगारीका लागि नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्यले गरेको बताए। विधायक लेप्चाले सिक्किमको पर्यटन योजना प्रस्तावहरूलाई विविधीकरण गर्ने मात्र नभई रोजगारी सिर्जना गरेर स्थानीयहरूको संलग्नतालाई बढावा दिने साथै राज्यको अर्थनीतिमा उल्लेखनीय योगदान पुर्यानउन सक्ने मन्तव्य प्रकट गरे। उनले जानकारी गराएअनुसार यस प्रकारको योजनामा अन्तर्राष्ट्रिय स्तरको प्रमाणित उपकरणहरू र प्रशिक्षित पेशादारहरूको साथमा विश्व-स्तरीय सुरक्षा मापदण्डहरूलाई ध्यानमा राखेर गरिएको हो। जसले सबै सहभागीहरूको लागि सुरक्षित र रोमाञ्चक अनुभव सुनिश्चित गर्ने उल्लेख विधायकले गरे।

उनले थप जानकारी गराएअनुसार प्रशिक्षण अवधि पछि स्थानीय युवाहरूले साहसिक कार्यक्रमहरूमा सहभागिता जनाउने आशा छ। यस अवसरमा गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ दोर्जी डेन्जोङपा, आइएचसीए चेम्चेका संयुक्त निर्देशक काजी शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement